दोस्रो विश्वयुद्धको अन्त्य पश्चात् खुला बजारको अर्थनीति अङ्गालेको संयुक्त राज्य अमेरिका र समाजवादी खेमाको रुपमा उदाएको सोभियत संघबीचको शीतयुद्ध भयो । त्यसले अमेरिकी जनमानसमा सोसियालिजम फोविया सिर्जना गरेको थियो । जसका कारण आजसम्म अमेरिकी सरकारको भेनेजुएला, क्युवा, उत्तर कोरियालगायतका थुप्रै साम्यवादी सिद्धान्त अवलम्बन गरेका देशसँग बेलाबेला तनावको स्थिति सृजना हुन्छ ।
अर्कोतर्फ हेर्ने हो भने समाजवाद यस्तै हुन्छ भनेर कुन स्ट्यान्डर्ड तोकिएको छैन । आवस्यकता र परिस्थिति अनुसार समाजवादको ब्याख्या र विकास भएको छ । माटो र समयनुरुप समाजवाद आफ्नै हिसाबले परिभाषित हुँदै आएको छ । कहिले वेलफेर स्टेटको रुपमा कहिले सोसियल डेमोक्रेसीको रुपमा समाजवाद बहुचर्चित हुँदै आएको छ ।
अमेरिकी सत्ता समावाद विरोधी भएपनि त्यहाँ पनि समाजवादको प्रकास विस्तारै फैलिन थालेको छ । पुँजीवादको नाममा मुठ्ठीभर व्यक्तिहरुको हातमा अथाह सम्पत्ति केन्द्रित हुनु र पुँजीपतिहरुले सम्पत्तिको बलमा कानुन र सत्तालाई कन्ट्रोल गर्नुले अमेरिकी नागरिकहरुले डेमोक्रेसीको नभई ओलिगार्कीको अनुभव गर्दै आएका छन् । वर्तमान अमेरिकी सत्ताको यस्तो चरित्रले निम्त्याएको पुँजीवादप्रतिको बितृस्णा पनि समाजवादको लोकप्रियताको कारक बनिरहेको छ । डेमोक्रेसीमा जस्तो मत हाल्ने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार भएको पोलिटिकल सिस्टम र प्रगतिशील कर र सामाजिक न्यायको बेवास्ता भएको हुनाले सोसियल डेमोक्रेसी तर्फ नयाँ पुस्ता आकर्षित हुनु स्वभाभिक बन्न पुगेको छ ।
१७ औं शताब्दीदेखि नै समाजवादी आन्दोलन र अभियानहरुको पहल भएता पनि तिनले खासै प्रभाव पार्न सकेनन । बेर्नी स्यान्डरको नेतृत्वमा अहिले चली रहेको अभियान अमेरिकामा प्रजातान्त्रिक समाजवादको मागको नेतृत्व गरेको इतिहासकै ठूलो आन्दोलनको रुपमा आगाडि आएको छ ।
२०१६ मा भएको डेमोक्रेटिक पार्टीको चुनावमा हिलारी क्लिन्टसँग पराजित भएका बर्नी स्यान्डर अहिले देशव्यापी अभियान चलाइरहेका छन् । उनी २०२० को अमेरिकी राष्ट्रपतिको बलियो दाबेदार मानिन्छन् । सिभिल राइट मुभ्मेनटको समयमा विद्यार्थी राजनीति गर्दै १९८१ मा बर्लिङ्टनको मेयर भएका थिए । मेयर हुँदा उनी मजदुरहरुको मेयर भनेर निकै चर्चामा थिए । हाउस अफ रिप्रेजेन्टेटिभ हुँदै सीनेटरको रुपमा पटक पटक निर्र्वािचत भए । उनी खुलेरै भन्छन्, म विलिनियरहरुको होइन, मजदुरहरुको राष्ट्रपति बन्छु ।
वाल स्ट्रीटले अमेरिकी सरकारले वर्किङ क्लासलाई कम ज्यालामा काम गर्न बाध्य बनाएको र त्यस्को बिरोधमा नै देश ब्यापी रुपमा धनिहरुको अल्पतन्त्रको विरुद्ध प्रजातान्त्रिक समाजवादको निम्ति यो अभियान सुरु गरेको थियो । अहिले अमेरिकी नागरिकहरु घण्टाको ४७ भन्दा कम पैसामा काम गर्न बध्य छन् । त्यो पैसाले राम्रो सङ्ग जिविका चलाउन असम्भव छ । त्यसले केवल वर्किङक्लासका नागरिकहरुलाई धनिहरुको निम्ति काम गर्न जिवित राख्न मात्र पुग्दछ । त्यति पारिश्रमिकले सुखसँग बाच्न पुग्दैन । त्यस्को बिरुद्धमा अहिले कम्तीमा पनि १ घण्टा बराबरको काम गर्दा हरेकले ४१५ कमाउनु पर्छ भनेर आवज उठेको छ । त्यसका लागि सरकारले धेरै आय हुनेमाथि प्रगतिशील करको व्यवस्ता गर्नु पर्छ । ७ करोड ५० लाखभन्दा कम आय भएका अमेरिकीहरुलाई न्यायको अनुभूति दिलाउनको लागि पनि यो माग सम्बोधन हुनु आवस्यक छ । २०१५ को हर्ट रिसर्च एसोसिएटले गरेको पोलले यो कुरालाई ६३५ अमेरिकी नागरिकले सहमती जनाएको देखाउछ । साथै देशको आर्थिक स्थिति बलियो हुन जिडिपीमा वृद्धि हुनु आवस्यक छ र कुनैपनी राष्ट्रको जिडिपी उक्त राष्ट्रको जनताको किन्न सक्ने क्षमतामा निर्भर रहन्छ । त्यसैले यसले अर्थतन्त्रमा कुनैपनि हानी निम्त्याउँदैन ।
बर्नी भन्छन्, वाल स्ट्रीटका १० संस्थाहरुसँग रहेको १० ट्रीलियन अमेरिक डलर बराबरको सम्पत्ति अबैध रूपमा कमाएको छ । चुनावमा यिनै संस्थाहरुको आर्थिक सहायता निर्णायक हुने र पछि कानुन बनाउने क्रममा यिनकै हितमा कानुन बन्नाले राज्यसत्ता अल्पसंख्यकहरुले चलाइरहेका छन । उचित कानुन बनाएर यी संस्थामाथि जाँचको प्रक्रिया आघी बढाउनु आवस्यक छ । साथै अहिलेको कर व्यवस्थाले समाजमा मध्यम बर्गहरु हराउँदै गएको छ । गरिबहरु झन गारिबि बन्दै गएका छन् । धनी र गरिबबीचको रेखा झन बढ्दै गएको छ । यो विकराल समस्याको समाधान धनीहरुभएको अथाह सम्पत्तिमाथि प्रगतिशील कर प्रणाली लागू गर्नु आवश्यक छ । यसो भएमा मात्रै धनि र गरिबबीचको खाडल पुरिंदै आउनेछ ।
बर्नीले उठाएको अर्को ठूलो मुद्दा स्वास्थ्यसँग सम्बन्धित छ । उनले भनेका छन्, व्यक्तिगत मेडिकेयरको व्यवास्ता हुनु पर्छ र सबैले पाउने स्वास्थ सुविधा समान हुनुपर्छ । अमेरिकी फार्मासुटिकल कम्पनीहरुको सिन्डिकेटले गर्दा औषधी समान्य मानिसले किन्न नसक्ने गरि महंगो बनेको छ । उचित कानुन बनाएर सुलभ मूल्यमा औषधी उपलब्ध गराउनु रज्यको कर्तव्य हो । यो कुनै नयाँ कुरा नभई क्यानडा र थुप्रै स्क्यान्डेभियन मुलुकहरुमा भइरहेको सुविधाहरु हुन ।
बेर्नी स्यान्डर बारम्बार भन्ने गर्छन्, हेल्थ केयर धनीहुनुको लाभ नभई हरेक नागरिकको नैसर्गिक अधिकार हो । समाजमा रहेको हरेक ब्यक्तिले पाउने स्वस्थ्यको सुबिधा जस्तोसुकै आर्थिक हैसियत भएपनि समान हुनुपर्छ भन्ने मागले धेरैको समर्थन पाएको छ ।
सोसियल डेमोक्रेसी हुनको लागि निशुल्क उच्च शिक्षा आवश्यक हुन्छ । यो कुरालाई विद्यार्थीहरुले रुचाएको हुनाले उनको अभियानमा विद्यार्थीको धेरै सहभागिता हुने गरेको छ । २०१६ मा बेर्निले पाएको युवाहरुको मत हेर्ने हो भने हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पद्वयको भन्दा धेरै छ । सथै बढ्दो पेट्रोलियमको खपतले निम्त्याएको वातावरण प्रकोपको विषयमा नयाँ पुस्ताको चासो र गुनासो बढ्दो छ । बैकल्पिक उर्जाको निम्ति युवाहरु निरन्तर लागि रहेका छन । यो अभियानले पनि यो विषयलाई सम्बोधन गरेको छ । इमिइग्रेसन, तेस्रो लिङ्गीहरुको अधिकार र अमेरिकी विदेश नीतिमा ल्याउनु पर्ने सुधारको बिषयले पनि वर्नीको यो अभियानमा राम्रो स्थान पाएको छ । अबैध आप्रवासीहरुलाई उचित कानुन बनएर नागरिकताको ढोका खोल्नु मानवताको हिसाबले र करको दायरामा ल्याउँदा आर्थिक क्षेत्रमा वृद्धि हुने भएकोले यस्तो गर्न जरुरी देखिन्छ । अबैद आप्रवासीमाथि हुने हिंसा र अमानवीय व्यबहारको अन्त्य गर्नको निम्ति पनि यो आवस्यक छ । त्यसैले यो अभियानले अबैधरुपमा बस्दै आएकाहरुको बारेमा पनि मानवताको हिसाबले खुलेरै बोलेको छ । त्यसै गरि अरु मुलुकसँग कुनै न कुनै रुपमा द्वन्दमा रहने अमेरिकी विदेश नीति त्यागेर युद्धमा खर्च गर्ने अर्थलाई राष्ट्रभित्रै स्वास्थ्य र विकासमा लगानी गर्नुपर्ने नीति लिनुपर्ने मागहरू उठेका छन् ।
अमेरिका जस्तो मुलुकमा समाजवादको बढ्दो लहर कुनै सानो कुरा होइन । यो अर्थिक असमानता, गरिबी र अल्पतन्त्रको पराकाष्ठा खेप्न नसकेर उदाएको विकल्प हो । हदभन्दा कम ज्याला, लैङ्गिक विभेद, रङ्ग भेद, महँगो स्वस्थ्य सेवाको सिकार भएकाहरुलाई बर्नीको अभियानले नयाँ प्रभातको गर्भ धारण गरेको छ । पँुजीवादमा सम्पत्ती थोरैमा कुन्ठित हुने भएकोले प्रजातन्त्र फुल्न सक्दैन । जसका कारण नयाँ पुस्ता समाजवादतर्फ आकर्षित बन्दै गएका छन् ।