मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एकल पदिय दायित्व र जिम्मेवारी बाँडफाँड

माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागु गर्ने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1455
    कात्तिक १०, २०७८ बुधबार
    माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागु गर्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘एक व्यक्ति एक पद’ लागु गर्न विधानमा संशोधन गर्ने भएको छ । त्यसका लागि छिट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी माओवादीले गरेको छ ।

    माओवादीका एक स्थायी समिति सदस्यका अनुसार हालै सम्पन्न स्थायी कमिटी बैठकले एक व्यक्ति एक पदलगायतका विषयमा विधान संशोधन गर्नुपर्ने भएकाले भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको छ । 

    माओवादी केन्द्रमा एक व्यक्ति एक पदको अवधारणा लागु गर्ने यसअघि नै निर्णय गरिसकेको छ । हाल एकै व्यक्ति विभिन्न पदमा दोहोरिएको सन्दर्भमा अब भने पार्टीले एक व्यक्ति एक पदको अवधारणा लागू गर्न लागिएको हो ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij