आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

पूर्वीय ज्ञान: केही आक्षेप केही भ्रम

  • 17.3K
    SHARES
  • https://indrenipost.com/posts/147
    चैत ११, २०७६ मंगलबार
    पूर्वीय ज्ञान: केही आक्षेप केही भ्रम

    (वि‍पि‍ कश्यप तथा शिवभट्ट ब्राह्मणको उपनामबाट पनि परिचित भक्त घिमिरे नेपालीमूलका भूटानीशरणार्थी हुनुहुन्छ। यतिबेला अमेरिकाको पेन्सिल भेनिया राज्यस्थित ह्यारिसवर्गमा रहनुभएका घिमिरे धर्म संस्कृतिका एक कुशल विवेचक हुनुकासाथै विभिन्न साहित्यीक कृतिहरुको सम्पादन कार्यमा पनि क्रियाशील रहदै आउनुभएको छ ।)

    केही आक्षेप केही भ्रम

    हजारौं वर्षदेखि चलिआएका विभिन्न पद्धतिका कारण हिन्दूसंस्कृतिमा एकापसमा अन्तरविरोधी र विरोधाभासपूर्ण विचारधाराहरु पनि समावेश भएका छन् । यही कारण हिन्दूहरुमाथि केही बाहिरी आक्षेपहरु लाग्ने गरेका छन् भने आफैंभित्र पनि केही भ्रमहरु छन्।

    युगौंसम्म मानिसहरुको बसाईँ सर्ने क्रम, स्थानीय संस्कृतिहरुको प्रभाव, सामाजिक परम्पराहरु समाहित गर्दै जाने प्रक्रिया आदि कारणले एक हिन्दूर अर्को हिन्दूबीच केही आधारभूत पक्ष बाहेक शैली(आचरणअर्को ठाउँको भन्दा बेग्लै हुनु स्वाभाविक पनि हो ।

    एशियाकै कुरा गर्दा भारत, नेपाल, बर्मा, बंगलादेश, सिंगापुर, भूटान र वरपरका देशहरुमा बस्ने हिन्दूहरूबीच धेरै सांस्कृतिक भिन्नताहरुछन् । यहाँसम्मको विभेद छ कि कहिले काहीं एक संस्कृति मान्नेले अर्को संस्कृति मान्नेलाई “यो हिन्दू हैन, म चाहिं सद्दे हिन्दू हूँ” सम्म भन्न खोज्छन् । तर, ती सबै किसिमका विचारहरुबाट स्थानीय परम्पराका के के कुरा प्रभावी भए होलान्, स्थानीय संस्कृतिका के के अभ्यासहरु धर्मको नाममा प्रयोगमा आए भन्ने जस्ता कुराको लेखाजोखा गरी आधुनिक समय सन्दर्भ अनुकूल बनाउनु जरुरी छ किनकि यो भएर नै विश्वमा हिन्दूको विशेषता कायम हुन सक्छ । नभए त हिन्दूहरुमा पनि “तालिबान कट्टरपन्थी”( शुरु हुनेछ। मैले ‘हुनेछ’ भनेर भविष्यतर्फको चिन्ता व्यक्त गरिरहँदा पहिले चाहिं त्यस्तो कट्टरपन्थी प्रवृत्ति हिन्दूहरुमा हुँदैन भएको अर्थ नलागोस्।

    भारतमा शिवसेना, श्रीरामसेनाजस्ता कट्टरपन्थी समूहरु उहिलेदेखि अहिलेसम्म सक्रिय छन् । भारतीय राष्ट्रिय राजनीतिमा नआएसम्म ठूलो राजनीतिक दल भाजपा पनि यो प्रवृत्तिबाट टाढा थिएन । भाजपालाई अहिले पनि बारम्बार हिन्दूकट्टर पन्थी अभ्यास गरेको आरोप लागिरहेको छ। तर, यस्ता कुनै पनि खुजुरे राजनीतिले धर्मको मूलअर्थलाई बिटुलो बनाउने होइन । यसले के सम्म गर्छ भने आम(जनमानसमा भ्रम सृजना गर्न सक्छ । यही भ्रममा लाखौं हिन्दूहरु अल्मलिन सक्छन्।

    यसो भन्दैमा सचेत हिन्दूहरुले पनि भ्रमलाई नै धर्मठानेर बोकी हिँड्नुपर्छ भन्ने छैन। समाजको हित अनुकूल विचारधाराहरुलाई मान्य बनाएर अघि जानु नै हाम्रो मूल कर्तव्य हो । हिन्दू संस्कृतिले विश्वशान्तिको चाहना राखेको कुरालाई सार्थक बनाउन सहयोग गर्ने उपाय नै त्यो कर्तव्य पालनतर्फको मूल बाटो हो र धर्म भनेको पनि त्यही हो १

    स्वाभाविक हो कि जो व्यक्ति जुन धर्म(संस्कारमा हुर्किएको हुन्छ उसले त्यसैलाई सर्वप्राचीन र अकाट्य सत्य मान्दछ । सत्यलाई खोज्ने प्रयासत कमैले मात्र गर्दछन् अथवा एकाधले मात्र सम्पूर्ण वर्णित यथार्थको असुन्धान गर्न खोज्छन् । हजारौं वर्षदेखि चलेको परम्परागत अभ्यासका कारण हिन्दू संस्कृतिमा पनि अनेकौं भ्रमहरु फैलिएका छन् । यस्तै भ्रमहरुको कारण सनातन हिन्दूसंस्कृतिबारे अनेक प्रश्नहरु उठ्नेगरेका छन्, औंला उठ्ने गरेका छन् । यहाँ यस्तै विषयमा केन्द्रित रहेर धर्ममा सम्मिलित रहेका कुरामध्ये कति भ्रम र कति सत्य हुन् भन्ने केलाउन खोजिएको छ।

    धेरै हिन्दू र अहिन्दूहरुमा यस्ता भ्रम छरिएको छ जसले कतिपय अवस्थामा आंशिक सत्य पनि झल्काउँछन् । “हिन्दूहरु ईश्वरलाई नचिनेर अनेक भूत(प्रेतलाई मान्ने परम्परावादीहरु हुन् । खास एक ईश्वरलाई छोडेर यिनीहरु ३३ करो डदेवी( देउताको पूजा गर्छन् । यतिम्म कि यिनीहरुको धर्ममा कुनै नियम र व्यवस्था नै छैन । धर्मको कुनै संस्थापक वा संस्थान छैन र कुनै एक धर्मगुरु पनि छैनन् जसले सारा हिन्दूहरुलाई एक बनाएर हाँक्न सकुन्”(भन्नेजस्ता भ्रमहरु छरिएका छन् । तर यथार्थमा ईश्वरीय केन्द्रियता र विकेन्द्रित जीवनपद्दतिका लागि हिन्दूहरुलाई अरु सबैले गुरु थाप्नु पर्छ।

    कुरो यति मात्र हो, एउटै आदिशक्ति ईश्वर मान्दै हिन्दूहरुले विभिन्न प्रयोजनका लागि छुट्टाछुट्टै दायित्व बोकेका विभागहरु चलाएका छन् । जस्तै यश र धनको लागि लक्ष्मी, विद्याको लागि सरस्वती, रौद्रताका लागि शंकर, सिद्धिका लागि गणेश इत्यादि ।

    यद्यपि माथिका आरोपहरुमध्ये हिन्दूहरुमा साम्प्रदायिक अनेकता र केन्द्रिकृत संस्थापनको अभावकाकारण शिक्षण पद्धति नभएको कुरा सत्य हो । शिक्षण भइहाले पनि साम्प्रदायिक विभेद कै कारण एकरूपता नभएको, शिक्षणलाई केवल कर्मकाण्डी सोचमा बाँधिएको कुरा सत्य हो । पुराण र अन्य शास्त्रहरुलाई अध्ययनका सामग्री नभएर केवल पठन(पाठन साध्यका रूपमा गुम्स्याइएको कुरा पक्का हो ।

    साँच्चै भनौं भने सम्प्रदायको वकालत गर्ने गुटहरु बाहेक धर्मको असली व्याख्या(विवेचना गर्ने, प्रशिक्षण गर्ने कुनै औपचारिक निकाय छैन। त्यस्ता अनेक भ्रमहरुलाई चिर्न एक दुई –व्यक्तिले प्रयास नगरेका होइनन् । तर, यो कुरा पनि सत्य हो कि संस्थापन मार्फत नै यी कामहरु गर्न नसकेमा, एक दुइव्यक्तिहरुको पहलमा समाजले उन्नतिको दिशा लिन सक्तैन १

    धर्मको कुरा गर्ने सिलसिलामा केही मानवीय प्रवृत्तिका कुराले पनि सरोकार राख्दछन्। कोही मानिस सधैं विगतमा रमाउने र विगत तिरै फर्किएर जान खोज्ने खालका हुन्छन्। कोही मानिस भविष्यलाई मात्र सोचेर चिन्ता गरिरहने, झोक्राइरहने तर, केही गर्न हिम्मत नगर्ने हुन्छन् । कोही मानिस वर्तमानलाई सकेसम्म उपयोग गर्न खोज्ने खालका हुन्छन्। भरसक यी सबैको सन्तुलन विन्दु फेला पार्न सकेमा छिटो विकास हुन्छ। नसकेमा पनि विकासत हुन्छ तर, ढिलो । र, ढिलो भए पनि भइहाल्छ नि भन्दै कुरेर अहिले केही नगरी, आशा मात्र गरी बस्नु भनेको समाजको सचेत मान्छे हुनुको अर्थ गुमाउनु पनि हो । कसैले कसैलाई पर्खिने कुरो छैन, के के आवश्यकदे खिन्छ, उपयुक्त ठहरिन्छ गर्दै जानुपर्छ जतिले सकिन्छ । समाजको उन्नति यसरी नै हुन्छ।

    समाजको उन्नति हुनलाई पहिले आधारभूत रूपमा चेतनाको उन्नति हुनुपर्दछ। चेतनाको उन्नति गर्नलाई समाजका अग्रजहरुले अंग्रेजी भाषा र आधुनिक विज्ञानका गफ मात्र गरेर पुग्दैन। पुराण र विज्ञानको तुलनात्मक अध्ययन पनि गर्नुपर्दछ। यहाँनेर हामी पनि थोरै तुलनात्मक छलफल गरौं।

    भागवत पुराणमा भएको वर्णन अनुसार ब्रह्माण्डको उत्पतिभन्दा पहिले भगवान विष्णु मात्र यस लोकमा थिए १ उनको जलाशयन कै अवस्थामा नाभिबाट एक कमल अंकुरित भयो जसमा ब्रह्मा विराजमान थिए १ यहाँ नाभिबाट कमल अंकुरित हुनुको तात्पर्य एक गोलाकार विन्दुबाट यो ब्रह्माण्ड उत्पति भयो भन्ने हो । ब्रह्माण्डको उत्पतिलाई यहाँकमलको स्वरुप देखाएर वर्णन गरिएको हो १ कमलमा विराजमान भएका ब्रह्माले सम्पूर्ण ब्रह्माण्डको प्रतिनिधित्व गरेका छन् १ अर्थात त्यहाँ ब्रह्मा नै ब्रह्माण्ड हुन् । त्यसै कारण यसलाई ब्रह्मंअण्ड भनिएको हो। विज्ञानले यसलाई Cosmic Egg भनेको छ। जसको अर्थ एउटै हो ब्रह्मंअण्ड, अर्था त्अद्भूत गोलाकार चक्र १
    आधुनिक विज्ञानको मत अनुसार ब्रह्मंअण्ड अर्थात् Cosmic Egg बिग ब्याङ थियोरीबाट पैदाभएको थियो । यसमा भनिएको छ ब्रह्माण्डको उत्पति एक विन्दु ९शून्य० बाट भएको हो । यो मतअनुसार बिग ब्याङ हुनुभन्दा पहिले पनि कुनै अदृश्य, निराकार शक्ति थियो र त्यही शक्तिलाई पुराणले विष्णु भगवान भन्यो। विज्ञानले भन्छ यो संसारका सबै चीजहरु परिवर्तनशील छन्, मानिस र सारा वस्तु मात्र होइन यो धर्ती नै परिवर्तनशील छ र एक दिन अदृश्य रूपमा विलयनको घडीमा पुग्नेछ । पुराणले पनि भन्छ यो भौतिक जगत अनित्य छ । जुन ब्रह्माण्डमा अहिले हामी छौं त्यो अस्थायी हो १ विज्ञान र पुराण दुवैले भन्छन् यो धर्ती र यस्ता पिण्डहरुको उत्पति र विलय, शुरु र अन्त निरन्तर भइरहन्छ १ यसरी ब्रह्माण्डको अन्त हुँदा सबै पदार्थ र गुण, प्रवृत्तिहरु त्यही शक्तिमा विलीन हुन्छन् । यसलाई महाशून्यको रूपमा विज्ञानले अंकित गरेको छ भने त्यही महाशून्यलाई पुराणले विष्णुको स्वरुप मानेको छ १

    शास्त्रमा ब्रह्माको आयु एक सय वर्ष बताइएको छ १ यहाँ ब्रह्माको आयु भनेको ब्रह्माण्डको आयु हो १ चतुर्मुखी ब्रह्माले यस ब्रह्माण्डको प्रतिनिधित्व गर्दछन् १ चारवेदको उत्पति यिनै चतुर्मुखी ब्रह्माबाट भयो अतः चारैवेदको ज्ञाता भएका कारण यिनलाई चतुर्मुखी भनिएको हो १ यस्तै यस्तै व्याख्या ऋग्वेदको १० औ मण्डलको १२९औं सुक्तमा गरिएको छ १ पुराणले भन्छ ब्रह्माका सय वर्षपछि एकमहासङ्कुचनद्वारा ब्रह्माण्डको अन्त हुन्छ १ विज्ञानले एउटा ठूलो चाप ९दष्न अचगलअज० बाट यो धर्ती विलय हुने बताएको छ। पुराणको महासङ्कुचन र विज्ञानको ठूलो चाप वा दष्न अचगलअज एउटै चीज हुन्। वेदले भन्दछः ब्रह्मा आउनु र जानु यस ब्रह्माण्डको निरन्तरता हो १ आजसम्म कति ब्रह्मा आए, गए रु हामी जुन ब्रह्माण्डमा बाँचिरहेका छौं त्यो न पहिलो हो न अन्तिम, यसको संख्या तोकेर साध्य नै छैन। यसरी आउने( जाने अनेक पिण्डहरु जस्तै यो ब्रह्माण्डको केन्द्रविन्दु पनि ब्रह्म लोक नै हो १ वैदिक ऋषिहरुको मतमा वर्तमान सृष्टि पञ्चमण्डल क्रमको आधारमा रचित छ १ चन्द्रमण्डल, पृथ्वीमण्डल, सूर्यमण्डल, परमेष्टी ९आकाशगंगा० मण्डल र स्वयम्भूमण्डल !

    यिनै पाँचमण्डल भएर सृष्टि घुमिरहन्छ १ जस्तो चन्द्रमाले पृथ्वीको , पृथ्वीले सूर्यको , सूर्यले परमेष्टीको र परमेष्टीले स्वयम्भूका वरिपरि चक्राकार पथमा परिक्रमा गरिरहन्छन् ! चन्द्रमाले पृथ्वीको परिक्रमा – एक महिनामा गर्छ १ पृथ्वीले सूर्यको परिक्रमा – एक वर्षमा गर्छ १ सूर्यले परमेष्टीको एक परिक्रमा –एक मन्वन्तर ९सत्य, त्रेता, द्वापर र कलि( यी चार युगलाई एक चतुर्युग भनिन्छ, यस हिसाबमा जम्मा ७१ चतुर्युग बारबरको समय अर्थात पुराणको व्याख्या अनुसार ब्रह्माजीको एकदिनको चौधौं भागको एक भागलाई मन्वन्त र भनिन्छ। 

    परमेष्टीले स्वयम्भू ९ब्रह्मलोक० को एक परिक्रमा (एककल्प ९प्रलयकोअवधि० मागर्छ १ स्वयम्भूमण्डल भनेको नै ब्रह्मलोक हो १ स्वयम्भूकोअर्थ हो स्वयं प्रकट हुने १ यही ब्रह्माण्डकोउ द्गमस्थल या केन्द्रविन्दू हो, चाहे विज्ञानले भनोस् चाहे पुराणले १ ऋषिहरूको अद्भूत खोजमा विज्ञान थियो । जस्तै स् अहिले हामी ‘ब्रह्माको ५१ औं वर्षको १ ९पहिलो ० दिनको ७ औं मन्वन्तरको २८ औं महायुगको चौथो युग (कलियुग)”माछौं १

    विज्ञान बरु पुराण जति परसम्म अझै पुगिसेको छैन।तर, क्रमशःविज्ञानको खोजी अघिबढिरहेकै छ । पुराणमा वर्णित तथ्यांकहरुकोअनुसन्धानविज्ञानले पनि निरन्तर गरिरहेको छ।
    अब हामी हाम्रा अग्रजहरुले श्रुतीवाचनकै रूपमा प्रयोगमा ल्याएको संकल्प पाठनलाई केलाउँ( त्यसबाट के बुझिन्छः हाम्रा पुर्खाहरुले खगोलीय गतिको आधारमा समयलाई नाप तौल गरी तीथि(मिति र नक्षत्रहरुको गणना गरेका छन् । त्यसकार्यले समयको उचित परिमापन गरेको छ र त्यसरी नै त्यो समयको अनन्त यात्रालाई जोड्दै आजका दिनसम्म ल्याएको छ १ यसरी जोड्दा हाम्रो समाजका सर्वसाधारण व्यक्तिले पनि यो कुरो बुझ्न सकुन भनेर उनीहरुले यो परिबन्द मिलाए । यस्ता अनेकौं शास्त्र र वीधिहरु छन् जसले सारा हिन्दूहरुलाई विज्ञानसम्मत बनेर सामाजिक जीवनमा उपलब्धि लिन उत्साहित गर्दछन्। तर, कथित आधुनिकताका पथिक भएर हामी केहीले तिनको वास्ता गरेनौ, गर्न चाहेनौ, गर्न सकेनौं। कतिले अक्षर नै चिन्न पाएनौ र अर्काले वाचेका श्लोकहरु सुनेरै ढुक्क बन्नुपर्यो। कति अक्षर चिनेकाहरुले“धर्मथाम्ने” लिँडे ढिप्पीमा आफ्ना साम्प्रदायिक गुरुले रटाएका हरफे कविताभन्दा अरु कुनैअक्षर हेरेनौ। आउनुहोस त हाम्रा पुर्खाले गरेको त्यो व्यवस्थाबारे एक चोटि हामी पनि छलफल गरिहेरौं।

    हिन्दू सनातन धर्म(संस्कार वीधिपूर्वक मान्नेहरुले शान्ति तथा पौष्टिक कर्म, गृह प्रवेश, जन्म, विवाह , मृत्यु वा कुनै पनि मांगलिक कार्य गर्नुभन्दा पहिले केही धार्मिक विधानहरु पूरा गर्नुपर्छ। त्यस्ता कार्यहरु गर्दा सबभन्दा पहिले सङ्कल्प भनिन्छ वा गरिन्छ १ त्यो सङ्कल्प मन्त्र नै हामीलाई अनन्तकालदेखि आजसम्म समयको वस्तुस्थिति देखाउने यन्त्र हो १ यस दृष्टिकोणबाट यस मन्त्रको अर्थभित्र ध्यान दिने हो भने हामीलाई सम्पूर्ण आर्य परम्पराको इतिश्री जानकारी हुनेछ !

    हामीमध्ये कतिले सङ्कल्प मन्त्र जानेका छौं, कतिले पढेका छौं र कतिले नजाने, नपढे पनि सुनेका त छौं।
    “हरि ॐ तत्सत विष्णु ॐ, विष्णु ॐ, विष्णु ॐ, श्रीमद्भगवतो महापुरुषश्य अस्यविष्णोरा ज्ञया प्रवर्तमानस्य ब्राह्मणांद्वितीयेपरार्धे”(अर्थात महाविष्णुद्वारा प्रवर्तित अनन्तकाल चक्रमा वर्तमान ब्रह्माको आयुको द्वितीय परार्ध(वर्तमान ब्रह्माको आयुको ५०वर्ष पूरा भइसक्यो !

    “श्री श्वेतवराहकल्पे”–कल्प अर्थात ब्रह्माको ५१ औ वर्षको पहिलो दिन १ “वैवस्वतमन्वन्तरे”
    अर्थात ब्रह्माको दिनमा १४ मन्वन्तर हुन्छ त्यसमध्येको सातौं मन्वन्तरजसलाई वैवस्वतः मन्वन्तर भनिन्छ, त्यो समय अहिले चलिरहेको छ १ “अष्टाविशंतितमे कलि युगे”( एक मन्वन्तरमा ७१ चतुर्युगी हुन्छन्, त्यस मध्ये २८ औंच तुर्युगीको कलियुग अहिले चलिरहेको छ १ “कलियुगे कलीप्रथम चरणे”( कलियुगको प्रारम्भिक समय हो १ “कलि सम्वते”या“ युगाब्दे”( कलि संवत्यायुगाब्ध वर्तमानका लमा ५११६ चलिरहेको छ १ “जम्बूद्विपे, ब्रह्मवर्तैक देशे” हामी रहेको जम्बूद्विप, यस भूखण्डमा रहेको देश र प्रदेशको नाम १ “अमुक स्थाने”–कामगर्न थालेको ठाउँ १ “अमुक संवत्सरे”–संवत्सरको नाम ९सम्बत्सर ६० वटा हुन्छ जो चैत्र शुल्कप्रतिपदादेखि फेरिन्छ !

    “अमुक अयने”–उत्तरायनरदक्षिणायन १ “अमुक ऋतौ”–छ ऋतुमध्ये एउटा ऋतु ९वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त, शिशिर० १ “अमुकमासे”–वैशाख आदि १२ मास १ “अमुकपक्षे”–पक्षकोनाम (शुक्लया कृष्णपक्ष) १ “अमुक तिथौ”–१५ मध्ये एउटा तीथि १ “अमुकवासरे”–७ बारमध्ये एउटा बार १ “अमुक समये”–दिनमध्ये एउटा समय !

    उपरोक्त संकल्पमा अमुक भनिएको ठाउँमा क्रमश स् स्थान, तीथि(मिति वा सम्बन्धित नाम उल्लेख गर्नुपर्दछ १ जस्तो अमुक स्थाने भनेको ठाउँमा जुन स्थनमा अनुष्ठान गरिएको छ त्यसको नाम भनिन्छ। यस किसिमले जतिखेर यस प्रकारले सङ्कल्प गरिन्छ त्यतिबेला सृष्टिको आरम्भदेखि आजसम्मको स्मरण गरीसमयको कालचक्रपद्धति डोऱ्याउँदै ल्याइएको छ। अब गहिरिएर हेरौं( आफैंले आफैंलाई प्रश्न गरौं- के हामीले आजसम्मको काल गणना गरेर आएका छैनौं ?

    गरेका छौं तर, वास्ता गर्दैनौं हामी। विभिन्न समयका शासकहरुले धर्म(संस्कारभित्र भड्काऊ र शासन गर भन्ने सूत्रको क्षुद्र नीति साधेर भ्रमहरु मिसाइ दिएका छन्, यस्तै भ्रमहरुमा ढुक्क भएर हामी तिनै शासकको नक्कल गरी टोपल्छौं कहिले अनि कहिलेअध्ययनमा बिर्को लगाएर बस्छौं।

    माथि भनिएका सारा कुराहरु परम्पराधान्नमै सीमित भएका छन्। अझ विडम्बना त के छ भने जसले सङ्कल्प पढेर सुनाउँछ निः उसले पनि सङ्कल्पको यो अर्थ जान्दैन, जानेकाले भन्दैन, भन्नचाहनेले पनि भन्नै भ्याउँदैन १ सम्पूर्ण संस्कार पद्धतिमा रहेका महत्वका कुराहरु यसरी नै अर्थ विहीन अवस्थामा सडा-पोचा परम्पराको थोत्रे बोह्रामा खाँदिएको छ !

    हाम्रो जीवन पद्धति यो सिलसिलामा अन्योन्याश्रित भई गाँसिएको छ १ के विज्ञानले यी सब कुरा मान्दैन त रु मज्जाले मान्छ। तर, विज्ञान र पुराणलाई एक अर्कामा परस्पर विरोधी तत्वको रूपमा पहिचान दिइएको छ, गलत व्याख्या गरिएको छ। यो त केवल धानको बोट नदेखी चामल खानेहरु, गाई नदेखी दूध खानेहरुको बेढंगको आलाप मात्रै हो। पुराणले विज्ञान र विज्ञानले पुराण एक(अर्कालाई परिपूरक मानेका छन् । केवल अध्ययन शून्यताले हाम्रो बुझाइ लर्खराएको छ। यी कुराहरु विभिन्न समयका विषय र सन्दर्भहरुलाई केलाएर शास्त्रार्थ विश्लेषण गर्ने, विवेचना गर्ने, छलफलहरु चलाउने हो भने सबै सर्वसाधारणले बुझ्नसक्छ हिन्दू समाजको आधारशीला बलियो बन्छ। तर, हिन्दूहरुभित्रै सामाजिक सत्ताको वर्चस्व आफ्नो हातमा राखेर हैकमको शासन गर्न चाहनेहरु क्रियाशील छन् । यो चालाले सामाजिक चैतन्यमा उन्नतिर विकासको परिकल्पना सपनाको फल सरह हुनेछ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij