काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्न लागेको हो ।
साँझ ६ बजे कसने तयारी गरिएको बैठक आसन्न राष्ट्रिय सम्मेनदका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए ।
राष्ट्रिय सम्मेलनको तयारीका विषयमा केन्द्रित रहने बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेनलका विषयमा समेत छलफल हुने उनले बताए ।
बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा समेत छलफल हुने पोखरेलको भनाय छ । पार्टीको सदस्यता नवीकरणको म्याद आज सकिँदै छ ।
संगठित सदस्य ७ लाखभन्दा बढी पुर्याउने लक्ष्य दिएको पार्टीले नवीकरणमा उत्साहजनक सहभागिता देखिएकाले समय थप गर्ने विषयमा छलफल गर्न लागेको उनले बताए । माओवादीले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ ।
बैठकमा पार्टीको वर्तमान अवस्था तथा भावी रणनीतिबारे समेत छलफल हुने जनाइएको छ ।