मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

माओवादी केन्द्रको एक व्यक्ति एक पदको अवधारणा लागू


  • 811
    SHARES
  • https://indrenipost.com/posts/1756
    कात्तिक २७, २०७८ शनिबार
    माओवादी केन्द्रको एक व्यक्ति एक पदको अवधारणा लागू

    काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्दै सबै कमिटीमा ुएक व्यक्ति एक पदकोु अवधारणा लागू गर्ने निर्णय गरेको छ । हिजो (शुक्रबार) भर्चुअल माध्यमबाट बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

    पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले आज (शनिबार)देखि वडा तहको सम्मेल गर्दैछ । शुक्रबार केन्द्रीय समितिको बैठकको निर्णयानुसार अब कुनै पनि व्यक्ति एउटा कमिटीमा मात्रै बस्न पाउने छ । 

    यसअघि केन्द्रीय र स्थायी समितिका सदस्यहरु प्रदेशका समितिको समेत जिम्मेवारीमा रहने गरेका थिए । 

    शुक्रबारको बैठकले प्रदेश र पालिका कमिटीमा ७ जना पदाधिकारी हुने निर्णय गरेको छ । यस्तै, वडा कमिटीमा ५ र टोल कमिटीमा अध्यक्ष र सचिव गरी २ पदाधिकारी रहने व्यवस्था समेत गरेको छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij