काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी सक्रिय सदस्यको संख्या साढे ५ लाख पुगेको बताएका छन्।अझै २ लाख पार्टी सदस्य पार्टीको सफ्टवयरमा इन्ट्री गर्न बाँकी रहेको उनले बताए ।
माओवादीको सक्रिय सदस्य आठ लाख पुर्याउने लक्ष्य भएपनि समयमै पार्टी सदस्यता उपलब्ध नहुँदा सफ्टवयरमा राख्न ढिला भएको महराले बताए ।
‘पार्टी सदस्यता लिनेको संख्या उत्साहजनक पाइयो । त्यसैले समयमै सफ्टवयरमा पार्टी सदस्यता समावेश गर्न नसक्नेलाई हार्डकपी जम्मा गरेर जिल्ला प्रदेश हुँदै केन्द्रमा पठाउने तयारी भैरहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
पार्टी सदस्यता समयमै सफ्टवयरमा इन्ट्री गर्न नसक्नेलाई फारम भरेर केन्द्रीय कार्यालय पठाएपछि त्यहीँबाट कर्मचारीले इन्ट्री गर्ने महराले बताए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।