काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अहिले देश आफ्नो पार्टीकै वरिपरि रहेको दाबी गरेका छन् ।
सोमबार बिहान गृहजिल्ला चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ ।’
दुई/दुई पटकको विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गराउँदै देशलाई प्रतिगनबाट जोगाउँदै यो अवस्थामा ल्याउन माओवादी केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रचण्ले दाबी गरे ।
यो कुरा जनताका घरघरमा गएर बुझाउन उनले उपस्थिति नेता कार्यकर्तालाई अनुरोध गरे ।