आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

१४ औं अधिवेशन सरगर्मी

काँग्रेस महाधिवेशन : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1994
    मंसिर ६, २०७८ सोमबार
    काँग्रेस महाधिवेशन  : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

    काठमाडौं । नेपाली काँग्रेस काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौंका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो । 

    काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए । 

    यसअघि काठमाडौंमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौंका १३८ वडा र ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ । 

    कांग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij