चितोरिया माई....
.......................................कुरो अलि अघिको हो । 'चितोरिया माई' यो नाम जो कोहिले, ट्राफिक चोकदेखि रोडशेष चोकसम्मका बासिन्दाले सुनेको हुनुपर्छ र उनलाई नचिन्ने सायदै कोहि होलान् । झट्ट हेर्दा पचास पचपन्न कि जस्तो लाग्ने उनी खासमा चालीस पैंतालीस कि मात्रै थिइन । पतझडमा सुकेका र चाउरिएका पात झैं उनका गालाभित्र पसेका गोला गोला खोपिल्टा जोसुकैले प्रष्टै देख्न सक्तथे । माथिलो लहरका दाँत उनको अलि उछिट्टिएर अगाडि आएका थिए । तल्लो लहरका दाँतमध्ये अगाडिका दुईवटा झरिसकेका थिए । सुर्ती मोल्दै, ओठमा नियमितको चेपाइलेगर्दा चुनाले गिजा खाएर बार लगाउन गाडेका भाटा जस्ता देखिन्थे उनका दाँत । सुर्ती तल्लो लहरका दाँतमा चेप्न अप्ठ्यारो भएपछि घरी माथ्लो गिजा घरी तल्लो बङ्गारानिर लगेर लुडो खाद्थिन। आँखा उल्लुका जस्ता तेज र चहकिला थिए । अध्यारोमा नि उनी सजिलै देख्न सक्थिन, आँखाको पावरमा कुनै कमि थिएन।हिमालबाट झरेर लामो यात्रा तय गर्दै समुद्रसँग मिल्न जाने नदिले बाटो मा पर्ने डुङ्गाहरुलाई छिया छिया पारेर तेर्साए जस्तो उनको एक मरियल शरीर देखिन्थ्यो, मासु नै नभएको जस्तो, ठिङ्ग उभिदा एक कंकाल देखिन्थिन उनी तर उनले सक्ने जति काम समयमै पूरा गर्ने आदतले वरिपरिका महिला सार्हो गाह्रोमा उनलाई बोलाउथे । उनको काम घरधन्दा, भाँडा माझ्ने सुत्केरीलाई तेल लगाउने, मिलमा कुटानी पिसानी आदिदेखी सरसफाइको काम नै मुख्य हुन्थ्यो, तर ठेकेदारले कामकोलागी बोलाएमा उनी हाजिरामा इट्टा सिमेन्ट बोक्न जाने गर्थिन !
प्राय: हातमा चुना र सुर्ती मोलेर हिड्ने, पिच्च...पिच्च थुक्दै हिंड्ने महिला फोहोरी देखिनु पर्ने तर उनको शरीर ढाक्ने कपडा जहिलेनी सफै हुन्थ्याे । टालेकै भएनी खरानी पानीमा बेसकन उमालेर सफा बनाउन जानेकी थिइन उनले। न नाकमा नथिया न कानमा कुण्डल, कपाल सिमेन्टीले खाएर दुई तीन कलरको जस्तो देखिए पनि पछाडी ल्याएर सम्याएर जुरो बनाउन जानेकी थिइन उनले। कहिलेकाहीँ त अगाडि आएका लट्टा परेका केसले आधा अनुहार सुमसुम्याइ रहेको जस्तो देखिन्थ्यो। दुबै हात नचाइ नचाइ बोल्दा, दाहिने हातमा भएको बाला (लोहटी) तलमाथि गरिरहन्थ्यो ! कुनै कुनै बेला उनी त्यो बाला(लोहटी) नाडिमा मिलाउन माथि तान्थिन र पनि त्यो तल झर्थ्यो, मासु भए पो टम्म मिल्नु ? उनलाई झन्झट लाग्थ्यो र पनि उनले त्यो कहिले फुकालिनन,काम गरेको बेला त्यो बालाले उनलाई निकै नै अवरोध पुर्याउंथ्यो। उनको गोडाले चप्पलको स्वाद कस्तो हुन्छ थाहा पाएकाथिएनन त्यसैले होला दुबै खुट्टाका बुढी औंलाहरु पैंतालीस डिग्रीको साइजमा थिए अनि अरु औंला नि तेर्सो पारेर राखेका मुड्का जस्ता देखिन्थे। बिना चप्पल जेठ असारको तातो घामले सडकको अलकत्रा पग्लिएर उनको गोडामा टासिदा,उनी घरीघरी 'मर गेलिए रे माई' (मरे नि आमा)भनेर कराउंथिन......
उनलाई ट्राफिक चोकदेखी रोडशेष चोकसम्मको जम्मैको दैनिकी हालचाल थाहा हुन्थ्यो। कस्को घरमा खसी काटियोरु, कस्ले रक्सी धोकेर स्वास्नी कुट्योरुको रातभरि हल्ला गर्दै थियो ? कस्ले कस्को छोरी लिएर भाग्यो ? कस्ले कतिपटक आफ्ना बुहारीलाई बच्चा गिराउन लगाए आदि इत्यादि जम्मै कुराको पोको निमको रुखमुनी हल्ला गर्दै सुनाउंथिन उनी।चिन्नेहरु उनलाई जिस्किएर रेडियो नेपाल भन्दथे तर उनको अगाडी कस्को तेत्रो दम ? खासखुस गरेर कसैले भने तत्काल उनी 'बपचोदा' (बाउ चकारी) भन्दै गाली बक्थिन। धेरै पटक उनका गालिको गोली लागेकाहरु भन्थे, 'यो चितौरिया माइको मुखबाट किन खाली बाउ चकारी गाली मात्र निस्किन्छ ?' भनि आश्चर्य प्रकट गर्थे तर जो बढी बोल्छ उसैलाई 'पदनक पोता' (पदुवाको नाति) भनेर सुशोभित गरिहाल्थिन अनि वरिपरिकाहरु गलल्ल हांसिदिन्थे लाग्थियो केही भएकै छैन.......
चितोरिया माई संसारी थान पछाडी बाहिरबाट हेर्दा नदेखिने सानो झुपडीमा रातको चार प्रहर काट्थिन, त्यो झुपडी बिल्कुलै कारागारको अध्यारो कोठा जस्तो थियो जहाँ एक माउ बाख्रो नि बस्तथ्यो, साह्रो गाह्रोमा खर्च जुटाउन उनले अधियां पालेकी थिइन। झुपडीमा टांसिएर बनेको नाचघर थियो, नाचघरले पश्चिमबाट चल्ने हावा पुरै रोकि दिन्थ्यो दक्षिणी र पुर्वी भागमा अर्जेलहरुको ठूलो बगैंचा र वरिपरिको ठूलो पर्खालले गर्दा उनको झुप्रोमा हावा छिर्न पाउंदैन थियो। सास चलाउन उनले छाप्रो बाहिर खुल्लामा आउन पर्थ्यो। जाडो होस वा मधेशको गरम उनी त्यही नाचघरको पेटिमा सुत्थिन । त्यति सुते वापत उनले नाचघर सफाईदेखि लिएर, कलाकारहरूलाई चियापानी ल्याइ सेवा गर्नु पर्थ्यो बिना पैसै ।
असाध्धै थाकेको अवस्थामा पनि काम गर्नुपर्दा उनी भन्थिनइ फोकटके कारोबार बन करु आहां सब' (पैसा बिनाको काम बन्द गर्नुस तपाईंहरु)सबैको अगाडी हाक्काहाकी। 'नृत्य निर्देशक चतुर्भुजलाई कत्तिचोटी हार गुहार लगाइन तर हुन्छ,हुन्छ तिमिलाई हाम्रो च्यारीटी शो पछि मिलाएर दिने भन्थे तर तेस्ता च्यारिटी शो कति भए उनले केही पाइनन । दिउँसो कोहि पुजा गर्न संसारी थानमा आयो भने पुजार्नी बजैको आँखा छलेर उनकी सानी छोरीले चढाएको भेटी उडाइ हाल्थी । आमाछोरिको चिया बिस्कुट अनि कहिले त सुर्तीसम्मको ब्यबस्था हुन्थ्यो, दसैंको नवरथामा त सान नै बेग्लै हुन्थ्यो आमा र छोरीको, भेटी चढाउनेले खुद्रा पैसा थानदेखि बाहिर देवि मानिएको ढुङ्गामा चढाउंथे छोरी चाही पुजार्नी बजै आइ नपुग्दै पैसो टिपि सकेकी हुन्थी।अनि त के, झिलिया, गुलगुला र चियाको स्वादले आमा छोरी मनोरंजन गर्थे।पसलेले उनलाई उधारो चिया खुवाउनु भनेको कुकुरलाई मासु पैचो दिनु सरह हो भनेर भन्थे।काम भए न दिने होरुउनी समयमा खाएको चुक्ता गर्न सक्दिन थिइन।काम पायो, भुंडिले शान्ति पायो नत्र त ठुली छोरी (जो रिक्सावालासंग बसेकी ले) ले बुढिया 'ला बुढी खा' भनेर दिएको दुइवटा मढुवा 'कोदो'को रोटि र नुन खोर्सानीमा चित्त बुझाउनु पर्थ्यो। भात पकाएको दिन त चितोरिया माईको फुर्ती नै बेग्लै हुन्थ्योूआज त खुब खेलिए,टेङ्ग्रा माछ आ भात' (आज त खुब टेङ्ग्रा माछा र भात खाइयो) भनेर सुनाउदै हिड्थिन,त्यतिबेला उनको अनुहारको चमकले भन्थ्यो 'आज त ठुलै बुफे पार्टीको परिकार परिकारका खाना हात पारियो ।' उनको हाउभाउले भनिरहेको...
*******
जानकारीमा आए अनुसार चितोरिया माई सिमावर्ती
क्षेत्रबाट त्यस स्थानमा कामको सिलसिलामा आएकी थिइन रे, समुदायलाई नपच्ने कुरो उनी आफ्नो खसमको मृत्यु पछि देवरसंगै बांकी जीवन गुजर बसर गर्ने विचारले आफ्नो पहिलेको ठाँउ छोडेकी रहिछिन, यो कुरो कमैले मात्र जान्दछ्न, उनी काखमा एउटी छोरी लिएर हालको ठाउँमा आएकी रहिछिन। देवरसंगको बसाई उनको त्यति राम्रो भएन,उनी कहिले नि लोग्नेलाई 'घरवाला' (श्रीमान) भनेर बोलाएको नसुनेको, उनलाई चिन्नेहरु भन्दथे। पहिले अलि दिन त ती व्यक्ति रिक्सावाला भए शरीरमा शक्ति हुन्जेल, शक्ति अलि कम भएपछि टाटी बुन्ने, कसैको कोठेबारी सफा गर्ने आदि काम गरेर दैनिकी चलाउन चितोरिया माईलाई मद्दत गर्थे। दैवले देखि सहेन अचानक उनी मोतिया बिन्दुको सिकार भए, अलि अलि मात्र एउटा आंखाले काम गर्थ्यो उनको, पछि त जे हुनु त्यही भयो, गरिबीले दुबैलाई एकसाथ रहन दिएन। बुढा मान्छे अब घरघरै मागेर हिंड्न थाले, पछि त झन आँखाको रोशनी कम भएपछी त शंखे (चिप्लेकिरा) उसिनेर भोकको ज्वाला शान्त पार्थे, यो समय नि उनको धेर दिन टिकेन अचानक उनी हराए कता गए कसैले खोजेन पनि न कसैले उनलाई देखेन पनि ।
...चितोरिया माईको पछिल्लो श्रीमान (देवर)बाट एउटा छोरो पनि भएको रहेछ। यो कुरो त उनी आफैं एक गिलास स्वाट पारेर खु..इ..य गर्दै लामो सास छोडेर कुरो अघि 'यो उनको छोरोको नाम थियो। विस्मीत आँखाले केही हराए जस्तो गरि एकहोरो टोलाउंथिन र भन्थिन 'रजुवा' । अरुबेला रजुवाको बारेमा केही नबोल्ने तर कामले ज्यादै थाकेको सांझ र एक गिलास रक्सी लागेपछि उनी रजुवाको बयान यसरी गर्दथिन..........
उनको छोरो राजकुमार अत्यन्तै चंचल र फुर्तिलो अनि हक्की थियो रे, रमाइलो नि औधी थियो अरे। उसलाई हराउन टोलका वरिपरिका जम्मै केटाहरु आइलाग्दा नि उ पराजित नहुने भनेर बडो घमण्डकासाथ सुनाउंथिन पुरै म जस्तो एकपल्टको फगुवाको कुरो हो, उनीलाई राम्रैसंग थाहा छ छोरोको डिमाण्ड अनुसार जेनतेन गरेर रङ्ग त केही पुरिया किनिन तर पिचकारी थिएन १० र १२ बर्षको रजुवाले रुञ्चे अनुहार लाएको देखेर, अब के गर्ने ? पैसो नि छैन छोरो पिचकारी भन्छ त्यसपछी उनले मट्टीतेलको बोतल सफा गरेर त्यसमा नै रङ्ग घोलेर पिचकारी बनाइदिएको र औधी रमाएको कुरो खुसी हुँदै सुनाउंथिन। फेरि के भो त ? भनेर सोद्धा उनी भन्थिन 'होली खेल्दै थियो खुब मजाले कसले न भाङ्ग मिठाईमा हालेर दिएछ,के भन्नु र ?' रजुवा रातभर उल्टि गरेको गरेइू।दिउँसो अलि उपद्रो पनि गरेको थियो अरे उसलेूमुस्तकिम र अलि मियांलाई रङ्ग हानेछ...भाङगको तालमा र बेपत्ता भएछ, कहाँबाट यो भाङ्ग खायो थाहा छैन, थाहा पाएको भए जसले ख्वायो त्यसको 'छठीको दूध याद गराउंथे' भन्थिन.......
केही संझे जस्तो गरि फेरि एकछिनमा भन्न थाल्थिन 'मेरो छोरो कुनै खेलमा हार्दैनथ्यो चाहे गुच्चा खेलोस, आसपास खेलोस, कुस्ती वा डोल बगैंचा, सिनियर थियो ।' सिनियर भन्थिन निकै गर्वसाथ अनि फेरि थप्थिन 'चाहे ईट्टाभट्टाको हात्ती डुब्बा पानी होस या मझुवा पोखरी वा सिंगिया उसले न पौडी खेलेको ठाउँ नै थिएन उ पौडी खेल्न मलाई पनि छक्याएर त्यत्रो बैशाखरजेठको गरममा केसलियासम्म पुग्थ्यो, म त डरले ला अब के भयोरु कहाँ छरु भनेर दिनभर चिन्तामैं हुन्थे' यो गरम महिना किन आउँछ जस्तो हुन्थ्यो, एक रजुवाको चिन्ता अनि अर्को मच्छरको चिन्ता। चिन्तै चिन्तामा धेरै दिन त मेरो त्यसै बित्थ्यो' यो जीवनमा कति चिन्ता गर्नुरुलामो उकुस मुकुस भएको सुस्केरा छोड्दै वाक्य पूरा गर्थिन.....
के गर्नु त्यसका कुरा यति माया गर्थ्यो मलाई, मैले खाने सुर्तीको व्यवस्था, चियापानी अनि कहिले त रक्सीसम्म ल्याउंथ्यो धेरै पछि थाहा पाएं सिनेमा हलमा गएर साइकलको घण्टी (पित्तलको) उडाउन सिकेछ उसले, धेरै डांट फटकार लगाएपछी त्यो छोड्यो।लागेको बानी कहाँ छुट्ने हजुर...यो बिच बजारमा, टाटा मिष्टान छ नि मिठाइको पसल, सानो केटो कसैले वास्ता नगर्ने रसभरी र गुलाब जामुन उडाउन पल्केछ, एकदिन त धेरै हात साफ गरेछ मलाई नि ल्याएर दियो, बांधेर कुटेपछी उसले त्यो काम चट्टक्कै छोड्यो...बिचरो...! पढाउन खोजेको पढेन यहिं अगाडि स्कुल छ,नाम लेखाइ दिएं गएन, जाँदै गएन 'बदमास' !.....
सुर्ती मुखमा ल्याउंछिन र औंलो छिराएर चुसिसकेको सुर्तीको लुंडो फुत्त फ्याक्छिन र थु.. थु... गरेर रजुवाको बारेमा थप कुरो भन्थिन 'यो झुलन आउँछ नि हजुर,बडो धुमधामले राति मन्दिरहरुमा कृष्ण भगवानको, झुला लाग्छ, केटाकेटीहरु र बच्चालाई खुब रमाइलो हुन्छ, यो संसारी थानमा नि हजुर मेला लाग्छ।' एकछिन रोकिएर पोल्टामा भएको सानो थैली फेरि खोल्छिन र सुर्ती मोल्दै कुरो थप्थिन 'हेर्नू त रजुवाको बदमासी बेलुनवालाको बेलुन मट्टीतेल सिरिंजमा हालेर छर्थ्यो अनि भाग्थ्यो, बेलुन एकैछिनमा मकैको फुल पड्केसरिबड्याङ र बुडुङ गरेर फुट्थे ऊ टाडा बसेर हांसिरहन्थ्यो' ।कति संझाउनेरुकति पिट्नेरुपिटेर नि नहुने,त्यही झुलनको बेला बेलुनवालाले पासो थापेछ हजुर अनि त के ? लग्यो ट्राफिकभित्र।
त्यो बच्चा...मेरो बच्चालाई....हजुर हाफपेण्ट खोलेर ...अनि नाङ्गै...पठाइ दिएछन्...कति निर्दयी ? भोलिपल्ट गएर मैले नै उस्को हाफपेण्ट लिएर आएं , मैले सबै पुलिसवालालाई गाली दिएं ...सरापें भनेर आँसु झार्दै बिलौना गर्थिन त्यतिखेर उनको त्यो विजयी भाव कहाँ रफूचक्कर हुन्थ्यो हुन्थ्यो केही पीडा बोध भएको जस्तो उनको अनुहारमा त्यो छाप प्रष्टै देखा पर्थ्यो....यो आँप र लिच्चीको सिजनमा पनि मलाई खुब रजुवाको याद आउँछ भन्दै लुकाइ राखेको बोतलबाट रक्सी गिलासमा हालेर स्वाट्टै एकै सासमा पार्थिन र भन्न सुरु गर्थिन 'बेपत्तै हुन्थ्यो हजुर दिनभरि ! आँपका टिकुला लागेदेखी पाकुन्जेलसम्म गुलेलीले झारेर साथीहरुसंग मस्ती गर्ने।प्रोफेसरको लिच्ची चोर्नमा ऊ धेरै होशियार भइसकेको थियो,अमिला लिच्ची ल्याएर 'लु, खाऊ' भन्थ्यो, मलाई नि ...गरौं त के गरौ ? केही उपाय लागेन त कोइरालाको भैंसी गोठालोमा भर्ना गरिदिएं, महिनावारीमा। अ ब म ढुक्क थिएं तर समयले कोल्टे फर्याे ।
*******
चितोरिया माई भक्कानिएर रोएको सुनेर पिपलको रुखमा बसेका बकुल्ला र रुपीहरु पनि एकैसाथ फडफडाएर उड्न थाले,अरु वातावरण एकछिन थामिए जस्तो भयो,कसैले रजुवाको भेनालाई बोलाओ भन्ने आवाज आएको सुनिन्थ्यो।बिस्तारै भिडले गति लिन थाल्यो, हेर्दाहेर्दै रजुवाको मृत शरिरमाथि सिक्का र केही नोटहरु देखिन थाले।समयलाई कसले पो छेक्न सक्छ ररुजीवन र समय उस्तै उस्तै त हो ....आउँछ स्थिर बस्नै सक्तैन... जान्छ,फेरि त्यो कहिल्यै आउँदैन।।।अब पश्चिमतर्फको आकाशमा सूर्य पहेंलिन थाले।।।लौ ढिला हुन्छ,कसैले भिडबाट बोल्दै थियो,रजुवाका भेनाले बजारबाट सेतो कपडा (कात्रो) लिएर नै आएका रहेछन सायद त्यो बोलाउन जानेले भनेको हुनुपर्छ...उनले ठेलावाला महिन्द्रा र उपिन्द्रालाई पनि लिएरै आएका थिए।
...... शरीर अब अछुतो भइ सकेको थियो, त्यो सानो खटिरो जस्तो पिड्कोले ज्यानै लियो, भिडलाई पत्याउन गाह्रो भइरहेको आभास जसले नि बुझ्न सक्तथ्यो। फेरि कुन बिमार होरुतीन दिन भित्र नै मान्छे मर्ने ? आश्चर्य मानेर मान्छेहरु खासखुस गर्न थाले, कोहि भन्दै थियो 'छुनु हुन्न ! छुनु हुन्न१ !' तमासा हेर्नेहरुको भिड अब पातलिंदै गएको थियो। अन्तमा भेना,महिन्द्रा र उपिन्द्रा बांकी रहे।चितोरिया माईको होस आफ्नो ठाउँमा थिएन,बेला बेला होस आउने अनि फेरि बेहोस हुने यो क्रम निकैबेर चलिरह्यो।।।लास उठाउने मान्छेको संख्या नै पुगिरहेको थिएनन, हे दैव ! कत्रो विपद !....निक्कै बेरमा जब झमक्क साँझ पर्यो, चितोरिया माईले ज्वाइंतिर हेरेर के साउती मारिन, हात चलाएर र बिस्तारै केही भनेको प्रतीत हुन्थ्यो, ज्वाइंले त रिक्सा लिएर आए। रजुवाको लासमाथिको एक एक सिक्का र नोट बडो जतनकासाथ उनले उठाए,अनि सेतो कपडाले उनैले बेरे, चितोरिया माई रजुवाको लास बोकेर रिक्सामा चढिन, महिन्द्रा र उपिन्द्राले छुन त परै जावोस छेउमा नि गएनन् लासको।
अब ....रिक्सा हुइंकियो.....हुइंकिदै गयो जिउंदो रजुवालाई बोकेसरी नै उनले अत्यन्तै मायाले काखमा राखेकी थिइन, घरीघरी टाउकोतिर हातले सुमसुम्याउंथिन, घरी रजुवाको हातमा म्वाई खान्थिन, यो मैले अब कहिले छुन पाउंदिन यो नै अन्तिम पटक हो भन्ने कुरो अब उनले राम्रो बुझिन, चितोरिया माईका आँसु टप टप बेला बेलामा लासमाथि पर्थ्यो, लास ढाकेको कपडा करिब करिब आधा त भिजिसकेको थियो। उनी सोच्तै गइन....छोरो ठूलो होला र मेरो सहारा होला भनेको त....आज यो दिन,हे दैव१उनले रजुवाको चंचलता र समाजले उमाथी लगाएको लान्छना कुनै दुःखद् नाटकको दृश्य झैं नजिकैबाट नियाल्न थालिन,हुन त उनले जति रजुवालाई कसले पो चिनेको छ ररुूमैले बेकार त्यसलाई गाली गरेकी र पिटेकी रहिछु,एकैछिनमा पश्चताप गर्दै फेरि घुंक्क घुंक्क रुन थालिन....संझिन पुगिन कोइरालालाई' चोर, साला ! काम गरेको पैसा दिएको हुन्थ्यो भने यस्तो दुर्गति मेरो छोराको हुन्थ्यो न मेरो दुर्दशा, मेरो छोरो अभागी हो .... अभागी !
रिक्सा बिच बजारमा पुग्दा बत्तीहरु झलल्ल बलिरहेका थिए, कुनै अँध्यारो थिएन, तर चितोरिया माईको मन भने अंध्यारोले छपक्कै छोपेको थियो। ज्वाईं भन्दै थिए 'घोघा पुल आइपुगेउं अब धेर छैन हडबड नगरी बस माईू।तर उनको मन कहाँ उनको बसमा थियो ररुज्वाईले भनेका एउटै शब्द उनको कानमा परेको थिएन,'साला कोइरालाू१बेला बेलामा एक्कासी उनको मनमा आउंथ्यो र भुतभुताउंथिन। मिहेनत गरेको पैसा नदिनेरुमेरो छोराले पसिना बगाएको छ,आधा महिना पूरा काम गरेको छ,गरिबको पैसा मार्नेलाईूकिरा परोसू।आक्रोश थाम्न खोज्दथिन तर उनको प्रयास असफल भइ रहेको हुन्थ्यो...रिक्सा हुइंकिदै हाटखोला पार गरेर अघि बढ्यो जसै रिक्सा अघि बढ्दै जान्थ्यो उनी भित्रको पीडा बाहिर छताछुल्ल हुन्थ्योूकोहि नआओस,केही आपत छैन,जत्रै ठूलो बज्र मेरो छातीमा परे नि म अब त्यसबाट निस्कन सक्छु, म बांच्न सक्छु, कसैको विश्वास र भरोसा अब मलाई रहेन, घरीघरी उनी यस्तै सोच्थिन। उनी सोच्तै गइन एकपछी अर्को अनि मनमनै भन्थिन 'सब स्वार्थी ...हो सब स्वार्थी....तं स्वार्थी....म स्वार्थी...मेरो छोरो...स्वार्थी...मेरो ज्वाईं...स्वार्थी मेरि छोरी स्वार्थी...त्यो फटाहा कोइराला झन स्वार्थी यिनै भावनासंग खेल्दै रिक्सा सिंगिया खोलाको डिलमा पुगेर टक्क अडियो।
.....केहिबेर पछि महिन्द्रा र उपिन्द्रा पनि आइपुगे, रात बढ्दै जाँदै थियो....पर पर कुकुरहरु भुकेको आवाजले घरी घरी चकमन्नतालाई चिर्ने प्रयास गरिरहेको थियो, निश्तब्ध अँध्यारो चुक घोप्ट्याएसरिको, आँखा सबैका असहाय भइसकेका थिए,केही देखिदैन थियो।महिन्द्राले यहिं ठाउँ राम्रो हुन्छ भन्दैथियो तर उनले 'त्यता होईन खोलाको डिलमैं मेरो राजकुमार सुत्छ, यस्तो तातो छ,हावा पनि तातो छ, मेरो बच्चालाई यहाँ माथि त धेरै गर्मी छ मेरो बच्चा सुत्न सक्तैन फेरि प्यास लाग्यो भनेूरु कमसेकम पानी त पिउंछ, उनकै इच्छा अनुसार महिन्द्राले खोलाकै डिलमा खाल्टो खन्यो, ज्वाइले टर्च बालेर अवलोकन गरेर भने हुन्छ अब, बिस्तारै रजुवाको लास खुब सम्हालेर खाल्डामा राखिन उनले...हांडिमा उपिन्द्राले गुइठा सल्काएर ल्याएको रहेछ, आगो देउ आगो मुखमा भनेको सुनिन, ज्वाईले बालेको टर्चको उज्यालोमा रजुवाको मुख खोलेर आगो हालिन र फ़ेरि भक्कानिएर रोइन,'चुप लाग्नुू ज्वाइँ जोडले चिच्याए उनी डिलमाथि आइन, सबैले पालैपालो माटोले फाल्दै गए शनै..शनै अब रजुवाको मृत शरीर देखिन छोड्यो, झन्डै रातको दस बज्न लागेको थियो ।अब जाउं भनेर ज्वाईले भने, महिन्द्रा र उपिन्द्राले नि सहमतिमा टाउको हल्लाए तर चितोरिया माई भने त्यो कालो निश्पट रातमा केही हराए जस्तो गरि केही खोजिरहेकी थिइन। ज्वाईले उनलाई ताने ? 'माई रिक्सामा बस्नु'भन्दै जबर्जस्ति चढाए तर उनलाई त्यो ठाउँ छोड्न, किन किन मन लागिरहेको थिएन।
हाटखोला आएपछि एउटा सानो पसलमा रिक्सा रोके । 'माइ म आउंछु एकै छिनमा' भनेर चितोरियामाईलाई रिक्सामैं छोडेर पसलभित्र पसे उनी...अनि अघि रजुवाको लासमाथिबाट टिपेको पैसामध्ये केही निकाले,अब उनको हातमा एउटा बोतल र दुईवटा ग्लास थियो, चितोरिया माई नीर पुगेर उनले भने 'माई म त आज खाने हो, नखाई कसरी बिर्सनु यत्रो चोट ? आज मेरो सालामरो' भन्दै रोए । संगसंगै चितोरिया माई नि रोइन, खाउ माई खाउ रजुवालाई बिर्स...अब ऊ हामीलाई छोडेर गैसकेको छ भन्दै दुईटा गीलासमा रक्सी भर्न थाले ।चितोरिया माई एकटकले घरी रक्सीको गिलास घरी ज्वाईलाई निकै बेर हेरि रहिन अनि त के सोचिन....च्याप गिलास समाएर एकै सासमा गिलास रित्तो पारिन र मनमनै कयौं पल्ट दोहोर्याइन 'अब रजुवा आउँदैन...मेरो रजुवा आउँदैन...हो, अब त मेरो रजुवालाई पर्खिनु पर्दैन' !