चितवन । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिन बन्दसत्र सुरु हुन लागेको छ । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेका छन् ।
एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन ।
स्रोतका अनुसार मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको हो । स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् ।
बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले रावलको पर्चा बाँड्ने गरेका छन् ।