आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

१० औँ महाधिवेशनको पूर्वसन्ध्या

एमाले महाधिवेशनको खर्च ९ करोड


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2106
    मंसिर १४, २०७८ मंगलबार
    एमाले महाधिवेशनको खर्च ९ करोड

    सौराह । चितवनको सौराहामा यही मंसिर १० देखि  जारी नेकपा एमालेको दसौं महाधिवेशन २ दिन लम्बिँदा २ करोड रुपैयाँ खर्च बढेको छ । 

    यसअघि मंसिर १२ गतेभित्र सकाउने तालिका भए पनि सहमतिको प्रयास गर्दागर्दै अन्तिममा चुनाव नै गर्नु परेपछि एमाले महाधिवेशन आज १४ गतेसम्म लम्बिएको हो । 

    यसरी २ दिन थपिँदा महाधिवेशन खर्च २ करोड बढेर ९ करोड रुपैयाँ पुगेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    ‘उद्घाटनलाई भव्य बनाउँदा अलिक बढी खर्च भयो’, उनले भने । गत असोज १५–१७ गोदावरीमा भएको विधान महाधिवेशनमा ४ करोड खर्च भएको उनले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij