शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

१० औँ महाधिवेशन

एमाले महाधिवेशनको मतदान प्रक्रियामा सहभागी भएनन् ५७ प्रतिनिधि


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2111
    मंसिर १४, २०७८ मंगलबार
    एमाले महाधिवेशनको मतदान प्रक्रियामा सहभागी भएनन् ५७ प्रतिनिधि

    चितवन । नेकपा (एमाले)को नेतृत्व चयनको मतदानमा ५७ प्रतिनिधि अनुपस्थित भएका छन्। कूल दुई हजार १५३ मतदाता मध्ये दुई हजार ९६ मत खसेको हो । निर्वाचनमा मत खसाल्ने समयसीमा सकिएको छ ।

    केन्द्रीय निर्वाचन आयोगले खसेको मत पुनः रुजु गरेपछि दुई हजार ९६ मत खसेको जनाएको हो । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कूल दुई हजार ९६ मत खसेको र रुजुको क्रम सकिएको पनि बताए ।

    दाहालले भने, ‘रुजु गर्ने क्रम सकिएको छ । कूल दुई हजार ९६ मत खसेको छ । हामी दुई घण्टासम्म मत परिणाम सार्वजनिक गर्छौँ ।’

    एमाले नेता शेरबहादु तामाङले महाधिवेशन प्रतिनिधि फर्किएकाले भोट कम खसेको बताए । उनले भने, ‘कतिपय साथीहरुले भनेरै घर जानुभयो । कति बिदा मागेर जानुभयो भन्ने रेकर्ड राखेका छौँ । घर जाने साथीहरु पार्टीप्रति अविश्वास भएर जानु भएको होइन ।’

    नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो ।

    सहमतिको प्रयास असफल भएपछि सोमवारबाट निर्वाचन प्रक्रिया प्रारम्भ गरिएको थियो । प्रक्रिया सुरु भएपछि सहमतिका लागि भन्दै उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ गरिएको थियो ।

    सोमवार राति नामावली सार्वजनिक भएपछि मंगलवार बिहान २ बजेबाट मतदान हुनेगरि केन्द्रीय निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको थियो । तर, ४ बजेदेखि मात्र मतदान सुरु गरिएको थियो ।

    महाधिवेशनमा अध्यक्षका दुई प्रत्यासी छन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली र भीम रावल अध्यक्षको प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत हुँदा उपाध्यक्षमा ६ जनाका लागि ७ जना प्रतिस्पर्धामा छन् ।

    यस्तै, महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन् ।  उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत भएका छन् ।

    सचिवमा ७ जनाका लागि ९ जनाबिच प्रतिस्पर्धा हुनेछ । यस्तै, खुला केन्द्रीय सदस्य पुरुषतर्फ ८४ जनाका लागि १०० को उम्मेद्वारी परेको छ । भूगोतर्फ प्रदेश १ मा पुरुष र महिला दुवै क्लष्टरको चुनाव भएको छ ।

    यस्तै, सुदूर पश्चिममा महिला क्लष्टरमा पनि चुनाव भएको छ । समावेशीतर्फ दलित, थारु क्लष्टरमा पनि चुनाव भएको छ ।केन्द्रीय निर्वाचन आयोगले दिउँसो २ बजेसम्म मत परिणाम सार्वजनिक गर्ने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij