शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

एमाले १० औँ महाधिवेशन

फराकिलो मतान्तरसहित केपी ओली एमाले अध्यक्षमा निर्वाचित


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2114
    मंसिर १४, २०७८ मंगलबार
    फराकिलो मतान्तरसहित केपी ओली एमाले अध्यक्षमा निर्वाचित

    काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    चितवनको सौराहामा जारी दसौँ महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १८०८ मत पाएका छन् । तर यसलाई निर्वाचन आयोगले पुष्टि गरिसकेको छैन ।

    उनीसँग प्रतिस्पर्धामा उत्रिएका भीम रावलले २ सय १३ मत मात्रै ल्याउन सफल भएका बताइएको छ । ओलीको पक्षमा ८९.४६ प्रतिशत महाधिवेशन प्रतिनिधिले रोजेका छन् । रावलले १०.५४ प्रतिशत मत आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

    एमाले नेता महेश बस्नेतले ओली फराकिलो मतान्तरसहित विजयी भएको बताएका छन् । 'उहाँ (केपी शर्मा ओली) २१३ का विरुद्ध १८०८ को भारी निर्वाचित हुनुभएको छ', उनले भने । 

    निर्वाचन आयोगका अनुसार मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा परिणाम सार्वजनिक गरिने छ । अहिले उपाध्यक्षको मत गणना सुरु भइसकेको छ। उपाध्यक्षमा रामबहादुर थापा 'बादल'ले अग्रता बनाएका छन् । 

    उनले ४०० मत कटाउँदा घनश्याम भुसालले ६१ मत मात्रै ल्याउन सफल भएका छन् । उपाध्यक्षको सकिएपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जनाएको छ । 

    ओलीले सुरुमै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेका थिए। तर रावलले अस्वीकार गरेपछि निर्विरोध नभएका पदमा निर्वाचन भएको थियो । रावलको असहमतिपछि सोमबार राति नै मतदान प्रक्रिया अघि बढाइएको थियो । 

    मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले विद्युतीय मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन ।

    एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने तय भएको छ । केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक सौराहामै गर्न लागिएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij