काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान भएको निर्वाचनको ताजा परिणाम अनुसार उपाध्यक्षमा घनश्याम भुसाल पनि पराजित भएका छन् ।
एमाले निर्वाचन आयोग स्रोतका अनुसार उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले फराकिलो अग्रता बनाइरहेकी छन् ।
ताजा परिणाम अनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ र घनश्याम भुसाल ७२५ मत पाएका छन् ।