शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

बागमती प्रदेशमा ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइयो किन ?


  • 3.5K
    SHARES
  • https://indrenipost.com/posts/2173
    मंसिर १८, २०७८ शनिबार
    बागमती प्रदेशमा ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइयो किन ?

    काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरू विभाजन गरेको छ । प्रदेश सरकारले यस अघि कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको छ । 

    सरकारमा आबद्ध दलहरूलाई भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको हो । भागबण्डा नमिल्दा कसले कुन र कति मन्त्रालय पाउने भन्ने बारे गठबन्धनका दलहरू बीच सहमति हुन सकेको थिएन ।

    मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा गठबन्धनको सरकार कायम छ । प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस र जनता समाजवादी पार्टी सहभागी रहेका छन् । 

    गठबन्धनका दलहरूको तर्फबाट सरकारको नेतृत्व गरेका नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले गत मङ्सिर १५ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार प्रदेशको हाल कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरेर १४ वटा पुर्‍याउने निर्णय गरेका हुन् ।  

    गठबन्धनका दलबीच मन्त्रालयको भागबण्डा मिलाउनका लागि मन्त्रालय विभाजन गरि १४ वटा पुर्‍याएको हो । मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिसकेको छ । प्रदेश सरकार स्थापनाका बखत बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय थिए । 

    तत्कालीन समयमा प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय रहेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij