मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीतिक व्यक्ति चर्चा

एउटै व्यक्ति २०४६ सालदेखि निरन्तर अध्यक्षमा दोहोरिरहन्छन्, उनी को हुन् ?


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/2233
    मंसिर २२, २०७८ बुधबार
    एउटै व्यक्ति २०४६ सालदेखि निरन्तर अध्यक्षमा दोहोरिरहन्छन्, उनी को हुन् ?

    काठमाडौं । पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र)लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन् । २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन् । 

    आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पनि निर्विकल्परूपमा दाहाल नै अध्यक्ष हुने अवस्था देखिएको छ । माओवादीबाट वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा बाहिरिएपछि दाहाललाई तत्कालै चुनौती दिने कोही नभएकाले आगामी महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने माओवादी केन्द्रका नेता कार्यकर्ता बताउँछन् ।

    २०४६ सालमा नेकपा (मसाल)को महामन्त्री,२०४८ मा नेकपा (एकता–केन्द्र) को महामन्त्री, २०५१ मा नेकपा (माओवादी)को महामन्त्री, २०५७ मा अध्यक्ष र २०६५ मा एकीकृत नेकपा माओवादीको अध्यक्ष बनेका दाहाल अहिले पनि अध्यक्षको निर्विकल्प दाबेदार हुन् । 

    अहिले माओवादी नयाँ विधान ल्याएर पुनः बहुपदीय प्रणालीमा जान खोजिरहेको छ । माओवादीले लोकतान्त्रिक धारमा आएपछि बहुपदीय प्रणाली अपनाए पनि दाहालले सबै अधिकार आफू (अध्यक्ष)मा केन्द्रित गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij