काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ ।
विहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सम्मेलनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता गणेश साहले जानकारी दिए । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।
राष्ट्रिय सम्मेलन अन्तर्गत माओवादीले वडा र स्थानीय तहको सम्मेलन गरिसकेको छ । मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ ।