काठमाडौं । नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट अध्यक्षमा जगत सिंखडा चुनिएका छन् ।
उक्त सम्मेलनबाट उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सचिवमा सुरेन्द्र बस्नेत, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चुनिएका हुन् ।
उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट सिंखडाको नेतृत्वमा सर्वसम्मत एकसय ४१ सदस्यीय प्रदेश समिति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११–१३ मा काठमाडौंमा हुँदैछ । सोहीअन्तर्गत प्रदेश सम्मेलन आयोजना सम्पन्न भएको हो ।