शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को छन् मन्त्री हुने लाइनमा ?


  • 3.5K
    SHARES
  • https://indrenipost.com/posts/2366
    मंसिर २८, २०७८ मंगलबार
    बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को छन् मन्त्री हुने लाइनमा ?

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् ।

    उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नेपाली काँग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन ।

    नेकपा (माओवादी केन्द्र)बाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने मन्त्री शालिकराम जमकटेलले बताए ।

    त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्ने नेतृ मुनु सिग्देलले जानकारी दिइन् ।

    बागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद छ । हालै मन्त्रालय संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij