शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी गिरीले मारे बाजी


  • 4.4K
    SHARES
  • https://indrenipost.com/posts/2430
    पुष २, २०७८ शुक्रबार
    काठमाडौं प्रहरी प्रमुखमा एसएसपी गिरीले मारे बाजी

    काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् ।  आज शुक्रबार काठमाडौं प्रहरीको रुपमा कार्यालयमा हाजिर भएको जानकारी दिएका छन।

    केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन।गत कात्तिकमै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गृह मन्त्रालयले सुदीप गिरीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

    काँग्रेसभित्रको शक्ति केन्द्रको स्वार्थ बाझिँदा निर्णय कार्यान्वयनमा समस्या देखिएको थियो । सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए । गृहमन्त्री बालकृष्ण खाँणले गिरीलाई काठमाडौं प्रहरी प्रमुख बनाउने निर्णय गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै निर्णय कार्यान्वयन हुन रोकेकामा अन्ततः गिरी लामो प्रतीक्षापछि कार्यालयमा हाजिर भएका छन ।

  • सम्बन्धित विषय:

  • # समाचार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij