सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रदेश २ मा फेरि बढ्यो कोरोना संक्रमण


  • 2.9K
    SHARES
  • https://indrenipost.com/posts/2466
    पुष ४, २०७८ आइतबार
    प्रदेश २ मा फेरि बढ्यो कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो समय प्रदेश २ मा कोरोना सङ्क्रमण पुनःबढ्न थालेका छ । 

    गत मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको प्रदेश २ का स्वास्थ्य कार्यालयहरुले जनाएका छन् ।

    स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमणप्रति सर्तकता अपनाउनसमेत आग्रह गरेका छन् ।  

    प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । 

    नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाका रहेको  निर्देशनालयले जनाएको छ । 

    गत मङ्सिर १८ गते प्रदेशमा ३४ जना कोरोना संक्रमित थिए । अहिले सङ्क्रमितको सङ्ख्या ६५ पुगेको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । ती मध्ये ६२  होम आइसोलेशनमा रहेका छन् भने तीनजना चिकित्सकको निगरानीमा छन् । 

    प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij