सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

५७ जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिइँदै


  • 4.4K
    SHARES
  • https://indrenipost.com/posts/2494
    पुष ५, २०७८ सोमबार
    ५७ जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिइँदै

    काठमाडौं । सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरूद्धको मोडर्ना खोप दिन सुरू गरेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (पुस ४) देखि पुस १४ गतेसम्म लगाउन मिल्न गरि खोप दिन सुरू गरिएको जनाएको छ । 

    खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाका लागि झन्डै साढे १८ लाख खोप पठाइएको जानकारी दिए । 

    उनले एकैपटक सबै जिल्लालाई पुग्ने खोप अहिले नरहेकाले सुरूमा ५७ जिल्लामा दिइने र थप खोप आएपछि बाँकी रहेका जिल्लाहरूमा पठाइने बताए ।

    ५७ जिल्लामा प्रदेश १ का ११ वटा, प्रदेश २ का ५ वटा, बागमतीका ७ वटा र गण्डकीका ९ वटा छन् । यसैगरी लुम्बिनी र कर्णालीका ९ वटा र सुदूरपश्चिमका ७ वटा जिल्लाहरू छन् । 

    मन्त्रालयका अनुसार पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइनेछ ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij