काठमाडौं । प्रनिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अवरोध गरिरहे पनि प्रतिनिधि सभाको बैठक लगातार दोस्रो दिन बस्न लागेको हो ।
एमाले अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम अगाडि बढाइरहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार आज बैठक दिउँसो १ बजे बस्नेछ । बैठकका लागि सम्भावित ९ कार्यक्रम तय गरिएको छ ।
तर बहुप्रतिक्षित एमसीसी आजको कार्यसूचीमा पनि परेको छैन ।
यस्तो छ बुधबारको कार्यसूची :