मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

माओवादी केन्द्र प्रदेश–१ को अध्यक्षमा मिक्सो निर्वाचित


  • 838
    SHARES
  • https://indrenipost.com/posts/2560
    पुष ८, २०७८ बिहीबार
    माओवादी केन्द्र प्रदेश–१ को अध्यक्षमा मिक्सो निर्वाचित

    विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । प्रदेश कमिटी चयन गर्न बुधबार राति सम्पन्न निर्वाचनमा १६९ मत प्राप्त गरी मिक्सो विजयी भएका हुन् । उनी अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।

    अर्का अध्यक्षका प्रत्यासी मुक्साहाङ लिम्बू (मुकेश) ले ६४ मत प्राप्त गरे । 

    प्रदेश निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीकाअनुसार तीन उपाध्यक्षमा  शिवकुमार डाँगी, मणिकुमार साम्पाङ र देवान चाम्लिङ निर्वाचित भएका छन् । चाम्लिङले १२०, डाँगीले ११३ र साम्पाङले १११ मत प्राप्त गरे । 

    उपाध्यक्ष पहिलो संविधान सभाका सदस्य मोहनबहादुर खत्री पराजित भए । उनले ८६ मत प्राप्त गरे । सचिवमा १४८ मत प्राप्त गरी गणेश उप्रेती निर्वाचित भएका छन् । अर्का प्रत्यासी सीपी कडरियाले ८३ मत ल्याए । 

    सहसचिव पदमा कुमारी राई (रचना) ११४, ऋषिराम ढुंगानाले ९५ र सागर किराँती ७३ मत प्राप्त गरी विजयी भए । सहसचिवमा १३ चुनावी मैदानमा थिए ।

    कोषाध्यक्षमा ९६ मत प्राप्त गरी रेवतराज पुरी विजयी भए । कोषाध्यक्षमा चारजनाबीच प्रतिष्पर्धा भएको थियो । माओवादी केन्द्र प्रदेश १ को सम्मेलन मङ्सिर २५ गते मोरङको विराटचोकमा उदघाटन भएको सम्मेलनलेक्ष२५९ जना प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । 

    तर, पदाधिकारी चयन गर्न सकेको थिएन । सर्वसम्मतिको प्रयास गरेपनि नमिल्ने भएपछि बुधबार राति चुनाव भएको हो ।

    प्रदेश कमिटीका २५९ सदस्यहरूले २४० जनाले मतदान गरेका थिए । निर्वाचनमा विजयी पदाधिकारीलाई माओवादी नेता राम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij