आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश १ सरकारका नवनियुक्त ८ मन्त्रीले लिए शपथ


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/3395
    माघ २३, २०७८ आइतबार
    प्रदेश १ सरकारका नवनियुक्त ८ मन्त्रीले लिए शपथ

    विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको मौजुदा ६ सदस्यीय मन्त्रिपरिषद्मा ८ मन्त्री थपेर १४ सदस्यीय बनाएका छन् । 

    प्रदेश प्रमुख परशुराम खापुङले ८ मन्त्रीलाई सामूहिक शपथ ग्रहण गराएपछि प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको हो ।

    जसअनुसार नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०बाट तीन, तीन तथा नेकपा (माओवादी केन्द्र)बाट २ जना मन्त्री थपिएका छन् । 

    आइतवार शपथ ग्रहण गर्ने मन्त्रीमा कांग्रेसबाट उद्योग, श्रम तथा रोजगार मन्त्री ओमप्रकाश सरावगी, बन वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रताप प्रकाश हाङ्गगाम छन् ।

    त्यस्तै, एकीकृत समाजवादीबाट सामाजिक विकास मन्त्री राजन राई, पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा (लिम्बू) र यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रकाश घिमिरे छन् ।

    माओवादी केन्द्रबाट खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राई र कृषि मन्त्री झलक बहादुर मगरले शपथ ग्रहण गरे । अब प्रदेशमा मुख्यमन्त्री राजेन्द्र राईसहित १२ मन्त्री र १ राज्यमन्त्री भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij