शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित


  • 595
    SHARES
  • https://indrenipost.com/posts/7731
    बैशाख ७, २०८१ शुक्रबार
    कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित

    विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो ।

    संकल्प प्रस्तावमा ुचैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्ु भन्ने उल्लेख छ । 

    बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस् भन्ने सो प्रस्तावमा उल्लेख छ ।

    संकल्प प्रस्ताव पारित भएपछि नेकपा (एमाले)का सांसदले संकल्प प्रस्तावको पक्ष विपक्षमा मत बिभाजन गर्न माग गरेपछि सभामुखले मत गणना गर्न निर्देशन दिएका थिए । संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेका थिए । 

    सभामुखले प्रस्तावको पक्ष विपक्षमा रहेका मत गणना गर्ने प्रक्रियामा कांग्रेसका सांसदले भाग लिएका थिएनन् । त्यस्तै मत दिन्न भन्ने पक्षमा भने तीन सांसद रहेका थिए ।   

    मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन बाध्य पार्न एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव ल्याएका हुन् । अर्कोतर्फ मुख्यमन्त्री कार्कीले प्रदेश सभाको बैठकमा संकल्प प्रस्ताव संबिधान विपरित आएको भन्दै आफु संबिधानको धारा भन्दा बाहिर नजाने बताएका थिए । उनले संकल्प प्रस्ताव पारित भए पनि नभए पनि आफुले राजीनामा नलिने र विश्वासको मत पनि नलिने बताउँदै आएका छन् भने सर्वदलीय सरकार गठनमा जोड दिँदै आएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij