नेपाल औषधि व्यवसायी संघले वैशाख १ गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको छ ।
सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै संघले एक गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको हो ।
आयात हुने औषधिको हकमा औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।
उनले भने, ‘हामीले एक महिनाअघि औषधि व्यवस्था विभागलाई ज्ञापन पत्र समेत बुझाएका थियौँ। त्यसको कुनै सुनुवाई भएन ।
भारतमा जुन एमआरपी छ, आयात हुने औषधिको एमआरपी पनि त्यही अनुसार बिक्रि वितरण र नवीकरण हुनुपर्यो ।’