मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य


  • 883
    SHARES
  • https://indrenipost.com/posts/4234
    चैत २०, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

    नेपालमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ६ हजार ९०९ नमूनाको परीक्षण हुँदा आइतबार २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    गत २४ घण्टामा ५ हजार ८४७ जनाको पीसीआर र १ हजार ६२ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

    एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ । 

    पीसीआर परीक्षणबाट २३ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । 

    गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ ।

    कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij