मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

यी दुई प्रदेशमा छन् सबैभन्दा बढी र कम मतदाता संख्या


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/4320
    बैशाख ६, २०७९ मंगलबार
    यी दुई प्रदेशमा छन् सबैभन्दा बढी र कम मतदाता संख्या

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको निर्वाचन आयोगले जनाएको छ । 

    आयोगका अनुसार मधेस प्रदेशमा २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा गर्ने जनसंख्या ३४ लाख १२ हजार ८६९ पुग्नेछ ।

    यीमध्ये १७ लाख ४ हजार ८९८ पुरुष र १७ लाख ७ हजार ९४२ महिला छन् । त्यस्तै, बागमती प्रदेशमा २९ अन्य लिङ्गका मतदाता छन् । बागमती प्रदेशमा १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र रहनेछन् ।

    यो निर्वाचनमा सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ मतदाता रहेका छन् ।

    यीमध्ये ५ लाख ६ हजार १८० पुरुष, ४ लाख ९५ हजार ९९ महिला र ३ जना अन्य रहेका छन् । कर्णालीमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र रहने छन् ।

    स्थानीय निर्वाचनमा यसपटक सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा रहनेछन् । आयोगका अनुसार स्थानीय निर्वाचनमा यसपटक मधेसमा २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र रहनेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij