मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

सार्वजिक यातायातमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियम हट्यो


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/4323
    बैशाख ६, २०७९ मंगलबार
    सार्वजिक यातायातमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियम हट्यो

    अमेरिकामा हवाईजहाज, रेल र बसजस्ता सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनु पर्ने नियम एक अदालतले हटाइदिएको छ ।

    समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडाकी न्यायाधीश क्याथरिन किम्बल मिजेलले सोमबार सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनु पर्ने नियम कानुनसम्मत नभएको भन्दै हटाइदिएकी हुन् ।

    न्यायाधीश क्याथरिनलाई तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए । अदालतको आदेशपछि अमेरिकाका प्रमखु एयरलाइन्सहरूले आन्तरिक उडानमा यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएका छन् ।

    मास्क लगाउने कुरा अब यात्रुको इच्छाको कुरा भएको छ ।

    अमेरिकामा स्वास्थ्य अधिकारीहरूले मे ३ सम्ममा सार्वजनिक सवारीमा मास्क अनिवार्य लगाउनु पर्ने नियम लगाएका थिए ।

    अमेरिकामा दैनिक ३५ हजार मानिस कोरोना संक्रमित भइरहेका बेला आएको अदालतको यो आदेशलाई राष्ट्रपति कार्यालय ह्वाइटहाउसले दुस्खद भनेको छ ।

    सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २०२१ को फेब्रुअरीदेखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्न भनेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij