मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण, २६ जना निको


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/4332
    बैशाख ६, २०७९ मंगलबार
    पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण, २६ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १० जना नयाँ संक्रमित थपिएका हुन् ।                 

    त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा २६ जना कोरोनामुक्त भएका छन् ।

    योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।            

    पछिल्लो २४ घण्टामा ४ हजार ४०३जनाले कोरोना परिक्षण गरेका थिए भने ७२ हजार ६८९ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ३३४ जना रहेका छन् ।        

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij