सिन्धुली । सिन्धुलीमा नेकपा (एकीकृत समाजवादी)लाई आउट गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मात्रै गठबन्धन गर्ने सहमति गरेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
पाँचवटा पालिकाको प्रमुख कांग्रेस र चारवटाको प्रमुख माओवादीले लिने सहमति भएको छ।