आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

नेकपा बिप्लव फुटको संघारमा


  • 3.4K
    SHARES
  • https://indrenipost.com/posts/4403
    बैशाख १४, २०७९ बुधबार
    नेकपा बिप्लव फुटको संघारमा

    नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई पदमुक्त गरेको छ । पार्टी महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै सचिवालय सदस्यद्वय वली र बाँस्तोलालाई अनिश्चितकालका लागि पदमुक्त गरिएको जनाउनुभएको छ । 

    नेताद्वयको गतिविधिका कारण उहाँहरुलाई पदमुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको महासचिव चन्दले जनाउनुभएको छ । नेकपाका कतिपय नेता, कार्यकर्ताले पार्टीको निर्देशनबमोजिम आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि सचिवालय सदस्य बाँस्तोलाले उम्मेदवारी तत्काल फिर्ता लिन चेतावनीसहितको वक्तव्य जारी गरेपछि पाटीभित्र तीव्र विवाद देखिएको थियो । 

  • सम्बन्धित विषय:

  • # नेक्रविक्रम चन्द विप्लव
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij