बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/545
    भदौ १८, २०७८ शुक्रबार
    आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल रहेको छ । जसका कारण मनसुनी प्रणाली रहे पनि मनसुन थप सक्रिय भएको छैन । र, केही दिन यता देशका अधिकांश स्थानमा झरी परेको छैन । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान  देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij