बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

संसद् बैठक बस्दै, काँग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन प्रधानमन्त्री देउवाको ह्विप


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/567
    भदौ २३, २०७८ बुधबार
    संसद् बैठक  बस्दै, काँग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन प्रधानमन्त्री देउवाको ह्विप

    काठमाडौं । संघीय संसद् को दुबै सभाको बैठक आज बस्दै छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबै सदनको बैठक दिउँसो ४ बजेका लागि डाकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपित विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आह्वान गरेकी हुन् ।

    सरकारले यसअघि साउन ३२ गते दुवै सदनको बैठकको अन्त्य गरेको थियो । यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए । दल विभाजन सम्बन्धी अध्यादेश आएर दुई पार्टी विभाजन भइसकेको छ ।

    आजको प्रतिनिधि सभाका सम्भावित कार्यसूचीमा ३२ वटा सूची तयार छ । यसमा सबैभन्दा बढी विषयहरु अध्यादेशसम्बन्धी नै छन् । पहिलो विषयमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यादेशसम्बन्धी बुँदाहरु रहेका छन् ।

    अनिवार्य उपस्थित हुन देउवाको निर्देशन

    प्रधानमन्त्री एवमम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।,मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

    संसद बैठकमा अनिवार्य रुपमा उपस्थित भई पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । 

     

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij