बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

तालिबान सरकार भित्रको विवाद उत्कर्ष : सह-संस्थापकले छाडे देश

मुल्लाह गनी बरादर कन्दाहार गएको दाबी


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/664
    भदौ ३०, २०७८ बुधबार
    तालिबान सरकार भित्रको विवाद उत्कर्ष : सह-संस्थापकले छाडे देश

    काठमाडौं । अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ । राष्ट्रपति भवनमा तालिबानका सह-संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ । 

    गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो । मन्त्रीमण्डलमा अमेरिका लगाइतका देशले आतंककारीको सूचीमा राखेको हक्कानी नेटवर्कका सदस्यसमेत रहेका छन् । 

    उक्त वादविवाद प्रत्यक्ष देखेका तालिबानका एक शीर्ष नेताले घटनाबारे जानकारी दिएका बीबीसीले जनाएको छ । बरादर तालिबान सरकारको संरचनालाई लिएर खुसी नभएको बताइएको छ । अफगानिस्तानमा तालिबान सरकारको नेतृत्व नै गर्ने सम्भावना रहेका भनिएका बरादर सार्वजनिक रूपमा नदेखिएपछि आन्तरिक विवादबारे चर्चा भएको हो । 

    उनले राजधानी काबुल छाडिसकेको र कन्दाहार गएको दाबी गरिएको छ । यस्तै तालिबानका एक प्रवक्ताले पनि शीर्ष नेतासँगको भेटघाटका लागि बरादर कन्दाहार गएको दाबी गरेका छन् ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij