शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा हिमपात र चिसो मौसमका कारण १५ जनाको मृत्यु


  • 766
    SHARES
  • https://indrenipost.com/posts/7061
    फागुन २०, २०८० आइतबार
    अफगानिस्तानमा हिमपात र चिसो मौसमका कारण १५ जनाको मृत्यु

    अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण १५ जनाको मृत्यु भएको छ ।

    निजी सञ्चार माध्यम टोलोन्युजले जनाए अनुसार "विगत तीन दिनदेखि देशका विभिन्न प्रान्तहरूमा परेको भारी हिमपातको कारण १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

    बल्ख र फर्याब प्रान्तले तयार पारेको तथ्याङ्कले मानवीय क्षतिबाहेक हालैको हिमपातका कारण करिब १० हजार पशुपक्षी मरेको पनि उल्लेख गरेको छ ।

    अफगानिस्तानका केही भागमा गत आइतबारदेखि भारी वर्षा र हिमपात भइरहेको छ । भारी हिमपात र वर्षाबाट जनधनको क्षति भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij