बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राजनीति

प्रतिनिधि सभा बैठक : बजेट आजै पास गर्ने सत्तापक्षको तयारी

प्रतिपक्षी दल एमालेले संसद् अवरोध कायम राख्ने


  • 973
    SHARES
  • https://indrenipost.com/posts/740
    असोज ४, २०७८ सोमबार
    प्रतिनिधि सभा बैठक : बजेट आजै पास गर्ने सत्तापक्षको तयारी

    काठमाडौं  ।  प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । आज  विहान ११ बजेका लागि बोलिएको बैठकबाट बजेट पारित गर्ने सरकारले तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसदको अवरोध कायम राख्ने भएको छ ।

    बजेट पारित नहुदा भदौ ३१ देखि सरकारको खर्च रोकिएको छ ।  अहिले ‘बजेट होलिडेु को अवस्था हुँदा कर्मचारी, सांसद, मन्त्री, प्रधानमन्त्रीहरुको तलबका साथै विकास आयोजनालगायतको भुक्तानीसमेत रोकिएको अवस्था रहेको छ ।

    प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्दै छन् । भदौ २९ मा स्थगित प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ ।

    विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर सोमबारको काठमाडौं । बैठकमै अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने तयारी रहेको छ । 

    विनियोजन विधेयक पारित भएपछि मात्रै त्यसमा आश्रित विधेयक राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत भएर सैद्धान्तिक छलफल हुने व्यवस्था छ । बैठकमा विनियोजन विधेयक, २०७८ मा सबै मन्त्रालयका लागि विनियोजित बजेट र त्यसका शीर्षकमाथि छलफल गर्ने तयारी छ ।

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरेर राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाको बैठक मंगलबार बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल गरेर सुझाव पेस गर्न सांसदहरूका लागि २४ घण्टाको समय लागू गर्ने तयारी छ । सरकारले खर्च गर्न नपाउने कानुनी अड्चन हटाउन राष्ट्रियसभाबाट पनि छोटो प्रक्रिया अपनाएर विनियोजन विधेयक पारित गर्न लागिएको हो । 

    कुनै अवरोध नभए राष्ट्रियसभाबाट असोज ८ सम्म विनियोजन विधेयक पारित गर्ने र त्यसको सन्देश प्रतिनिधिसभामा सुनाएर सभामुखले हस्ताक्षर गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने छ । आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सत्तारुढ गठबन्धनका दलहरुले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij