सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

बरोडा क्लबसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब


  • 397
    SHARES
  • https://indrenipost.com/posts/7523
    चैत २३, २०८० शुक्रबार
    बरोडा क्लबसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

    काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपमा नेपालले आज चौथो खेल खेल्दै छ । नेपालले आज बरोडा क्लबसँग खेल्न लागेको हो ।

    खेल दिउँसो २ : ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ । लगातार तीन खेल जितेको नेपाल एक खेल अगाडि नै फाइनल पुगिसकेको छ ।

    फ्रेन्डसिप कप अन्तर्गत जारी टी–२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित निकाल्दै फाइनल पुगेको हो ।

    बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो ।

    दोस्रो खेलमा नेपाल बरोडाविरुद्ध २७ रनले विजयी भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij