सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

आयरल्यान्डविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’


  • 460
    SHARES
  • https://indrenipost.com/posts/7525
    चैत २३, २०८० शुक्रबार
    आयरल्यान्डविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’

    काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले शुक्रबार एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दैछन् । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानममा शुक्रबार बिहान ९:३० बजे सुरु हुनेछ ।

    बुधबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो । आज नेपाल घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ ।

    तीन खेलको सिरिजमा आयरल्यान्ड ‘ए’ ले १–० को अग्रता लिएको छ । पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

    नेपालका लागि साहब आलमले ३७, देव खनाल २६, बसिर अहमदले २०, रिजन ढकालले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

    बलिङमा आयरल्यान्डका म्याथ्यु हुमप्रेजले पाँच र लियम म्याकार्थीले चार विकेट लिएका थिए । आयरल्यान्ड ‘ए’ सँग पहिलो खेलमा लज्जास्पद हार खाएको नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिएका थिए ।

    यस्तै साहब आलम र मौसम ढकालले दुई दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे । टसपछि नेपाल ‘ए’का कप्तान विनोद भण्डारी र आयरल्यान्ड ए का कप्तान निल रक ।

    गुमाएको नेपाल ‘ए’ले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ । विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले आयरल्यान्डसँग एक दिवसीय सिरिजको फाइनल चैत २५ गते कीर्तिपुर मैदानमा खेल्नेछ ।

    नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ । उक्त सिरिजमा नेपाल विजयी भएको थियो । दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij