सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य


  • 595
    SHARES
  • https://indrenipost.com/posts/7535
    चैत २३, २०८० शुक्रबार
    आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य

    काठमाडौं । आयरल्यान्ड ए ले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

    आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन बनाए । उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । उनले आठौँ विकेटका लागि लियाम म्याकार्थीसँग ५४ रनको साझेदारी गरे । यस्तै, कप्तान नील रकले ३८ बलमा ३ चौकासहित ४४ रन बनाए ।

    लियाम म्यार्क्थी ३५ र पिटर मुरले १७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका रिजन ढकाल र शाहब आलमले ३-३ विकेट लिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij