सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

क्रिकेट : नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य


  • 685
    SHARES
  • https://indrenipost.com/posts/7556
    चैत २५, २०८० आइतबार
    क्रिकेट : नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य

    काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ले जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनायो ।

    आयरल्यान्ड ‘ए’का स्टीफन डोहनीले शतकीय पारी खेले । उनले एक सय २९ बलमा आठ छौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिए ।

    त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१ र फिन ह्यान्डले २० रन जोडे ।

    बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन÷तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक÷एक विकेट लिए ।

    यसअघि भएको दुवै खेलमा नेपाल ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ आयररल्यान्ड ‘ए’सँग पहिलो खेलमा २१ र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।

    आयरल्यान्ड ‘ए’ भने आजको खेल जित्दै शृङ्खला ‘क्लिन स्विप’ गर्न चाहन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij