सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

पहेँलो रंगमा खेलाडीको नाम र नम्बरसहित क्यानद्वारा नेपाली टिमको जर्सी सार्वजनिक (तस्बिरसहित)


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/7589
    चैत २७, २०८० मंगलबार
    पहेँलो रंगमा खेलाडीको नाम र नम्बरसहित क्यानद्वारा नेपाली टिमको जर्सी सार्वजनिक (तस्बिरसहित)

    काठमाडौं । पहेँलो रंगमा खेलाडीको नाम र नम्बरसहित क्यानले नेपाली टिमको जर्सी सार्वजनिक गरेको छ । हिजो (सोमबार) नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमको आयोजना गरेर उक्त टिमको जर्सी सार्वजनिक गरेको हो । 

    यसै वर्ष (२०८०)मा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी सार्वजनिक भएको छ । अत्यन्तै रुचाइएका खेलकुद सामग्री उत्पादन तथा बिक्रेता कम्पनी केल्मीसँगको सम्झौता जर्सी सार्वजनिक गरेको क्यानले जनाएको छ ।  

    4.jpg

    नेपाली टिमको जर्सीमा सगरमाथा, एकसिंगे गैँडा, नेपालको झन्डा तथा खेलाडीको नाम र नम्बर पहेँलो रंगमा लेखिएको छ । जर्सी सार्वजनिक कार्यक्रममा केल्मी नेपालका कार्यकारी निर्देशक उत्तम न्यौपानेले नेपाली टिमको जर्सीमा बहादुरहरूको झल्को दिलाउन पहेँलो रंग राखिएको बताए । 

    5.jpg

    उनले भने, ‘रातो र निलो राष्ट्रिय झन्डाको प्रतिनिधित्वका लागि राखिएको छ । अन्तर्राष्ट्रिय मान्यतामा पनि बहादुर टिमले पहेँलो रंग राखेको इतिहास देख्यौँ । त्यही भएर हामीले नेपालको जर्सीमा नेपाल र खेलाडीको नाम पहेँलो रंगमा राख्यौँ ।’ 

    3.jpg

    नेपाली टिमको जर्सी सार्वजनिक कार्यक्रममा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, केल्मीका कार्यकारी निर्देशक उत्तम न्यौपाने, क्यानका पदाधिकारी, विभिन्न क्षेत्रका व्यक्ति र सञ्चारकर्मीहरूको समेत उल्लेख्य उपस्थिति थियो । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij