सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एसीसी प्रिमियर कप : युएई र ओमानको विजयी सुरुवात


  • 433
    SHARES
  • https://indrenipost.com/posts/7635
    चैत ३०, २०८० शुक्रबार
    एसीसी प्रिमियर कप : युएई र ओमानको विजयी सुरुवात

    काठमाडौं । एसीसी प्रिमियर कपमा युएईको विजयी सुरुवात गरेको छ ।

    ओमानमा सुरु भएको एसीसी प्रिमियर कपअन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

    कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

    त्यसैगरी आयोजक ओमानले पनि बहराइनलाई ३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

    समूह ‘बी’ मा रहेका युएई र ओमानले यो जितपछि २–२ अंक हासिल गरेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij