सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

मलेसियाविरुद्ध नेपाल फिल्डिङमा


  • 586
    SHARES
  • https://indrenipost.com/posts/7637
    चैत ३०, २०८० शुक्रबार
    मलेसियाविरुद्ध नेपाल फिल्डिङमा

    काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर मलेसियाका कप्तान अहमद फैजले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए । 

    यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो । आज मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाली टिम सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । यसअघि एकदिवसीय संरचनामा सञ्चालन भएको प्रतियोगिताको यस संस्करण भने ट्वान्टी–२० संरचनामा हुनेछ ।

    प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । गत संस्करणझै यस संस्करणमा पनि विजेताले आगामी वर्ष ट्वान्टी–२० संरचनामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij