सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

क्रिकेट : रोहितले गरे टी-२० मा एक हजार रन पूरा


  • 397
    SHARES
  • https://indrenipost.com/posts/7638
    बैशाख १, २०८१ शनिबार
    क्रिकेट : रोहितले गरे टी-२० मा एक हजार रन पूरा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए ।

    उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पूरा गरेका हुन् । रोहितले ४४ खेलका ४२ इनिंगमा आफ्नो एक हजार रन पुरा गरेका छन् ।

    टी-२० मा उनको उच्च रन ६१ रहेको छ । उनी नेपालबाट टी-२० मा एक हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । नेपालका लागि टी- २० अन्तर्राष्ट्रिय खेलमा सर्बाधिक रन बनाउने खेलाडी दिपेन्द्र सिंह ऐरी हुन् ।

    ऐरीले अहिलेसम्म १४९६ रन बनाएका छन् । उनी पछि कुशल भुर्तेलले १०३७ रन बनाएका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij