सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

नेपालकाे खराब सुरुवात, पावर प्लेमै ओपनर आउट


  • 505
    SHARES
  • https://indrenipost.com/posts/7644
    बैशाख १, २०८१ शनिबार
    नेपालकाे खराब सुरुवात, पावर प्लेमै ओपनर आउट

    एसीसी प्रिमियर कप टी२० प्रतियोगिताको दोस्रो खेलमा शनिबार नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।

    ओमानको अल अमेरात मैदानमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपालले तेस्रो ओभरमै पहिलो विकेट गुमाएको छ ।

    कुशल भुर्तेल ११ बलमा १२ रन बनाएर आउट भएका छन् । उनलाई कतारका अमिर फारुकले तेस्रो ओभरको पाँचौँ बलमा क्याच आउट गराएका हुन् ।

    अहिले क्रिजमा कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख छन् । तीन ओभरमा नेपालले १८ रन बनाएको छ । डिफेन्डिङ च्याम्पियन नेपालले पहिलो खेलमा शुक्रबार मेलेसियालाई पाँच विकेटले पराजित गरेको थियो ।

    समूह ए मा रहेको हङकङले पनि शुक्रबार पहिलो खेल जितेको थियो । यो समूहमा नेपाल, हङकङ, साउदी अरब, मलेसिया र कतार छन् ।

    यो समूहबाट शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । कतारसँगको पछिल्लो भेटमा नेपाल पराजित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij