सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

एसीसी प्रिमियर कप : नेपाल र ङकङबीच प्रतिस्पर्धा


  • 433
    SHARES
  • https://indrenipost.com/posts/7646
    बैशाख ३, २०८१ सोमबार
    एसीसी प्रिमियर कप : नेपाल र ङकङबीच प्रतिस्पर्धा

    काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल आज तेस्रो खेल खेल्दै छ । नेपालले आज हङकङविरुद्ध खेल्न लागेको हो ।

    खेल बिहान ११ : ४५ बजे सुरु हुनेछ । नेपालले यसअघि लगातार दुई खेलमा जित निकालेको छ । शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

    आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्नेछ । नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन् । नेपाल चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ ।

    समूह ‘ए’ मा हङकङ दुई अंकका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो । दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन् ।

    नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, अनिल साह, सन्दीप जोरा, करण केसी, विवेक यादव, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी र अभिनास बोहरा छन् ।

    समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन र कम्बोडिया छन् । समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानमा छ । यूएई चार अंक जोडे पनि दोस्रो स्थानमा छ । कुवेत तेस्रो स्थानमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij