सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एसीसी प्रिमियर कप : नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित


  • 352
    SHARES
  • https://indrenipost.com/posts/7652
    बैशाख ३, २०८१ सोमबार
    एसीसी प्रिमियर कप : नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित बनेको छ ।

    ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल वर्षाले समयमा हुन सकेको छैन । 

    हाल वर्षा रोकिएको र खेल निर्धारित ११ः४५ बजे भन्दा करिब एक घण्टा ढिला सुरु हुने बताइएको छ ।

    समूह ‘ए’ मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

    नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो । 

    त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

    हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij