शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै, यस्तो छ संसदीय अंकगणित


  • 604
    SHARES
  • https://indrenipost.com/posts/7794
    बैशाख १३, २०८१ बिहीबार
    कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै, यस्तो छ संसदीय अंकगणित

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।

    गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले आज विश्वासको मत लिन लागेका हुन् ।

    विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

    विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए ।

    सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ ।

    एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।

    मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन । बुधबार माओवादी केन्द्रले रणसिंह परियारलाई सरकारमा पठाएको थियो ।

    उनलाई मुख्यमन्त्री कँडेलले विना विभागीय मन्त्री बनाएका छन् । उनले बुधबार नै सपथ लिइसकेका छन् ।

    ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् ।

    नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन चाहिन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij